
झापा, असोज २७ । प्रवासी अर्जुनधारा सेवा समाज कतारले मानव सेवामा आफ्नो कार्य निरन्तर अगाडी बढाई रहेको छ । सेवा समाजले नेपालमा रहेका असाहय, गरीब तथा पिछडीएका वर्गलाई सहयोग गर्दै आएको छ ।
सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएको उक्त संस्थाले स्थापनाकाल देखि नै विभिन्न सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । संस्थाले अर्जुनधारा–२ निवासी मुटु रोगबाट पिडित दिलकुमारीलाई सहयोग स्वरुप दिलकुमारी बचाउ अभियान मार्फत ६० हजार नगद रकम जुटाई पिडित परिवारको हातमा हस्तान्तरण गरेको थियो।

त्यस्तै अर्जुनधारा–२ खुदुनाबारी निवासी दुवै मृगौला फेल भएका १८ बर्षिय अभिषेक समाल मगरको उपचारको लागि १ लाख १८ हजार १ सय १० रुपया सहयोग गरेको थियो । त्यसै गरी बडादशै–२०७६ को अवसरमा अर्जुनधारा नगरपालिका भित्रका बिपन्न ५५ परिवारलाई सबैको घरमा दशै भन्ने उदेश्यले करिब ७० हजार बराबरको खाद्यन्य वितरण गरेको संस्थाका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय समन्वय बिभाग प्रमुख गणेश दुलालले बताए ।

