झापा, मंसिर १४ । १ नम्बर प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत झापाको कचनकवल गाउँपालिकामा शुरु भएको छ । कचनकवल—६ मा एक कार्यक्रमका बिच शनिबार प्रमुख अतिथि प्रदेश सांसद बसन्त बानियाले आवासको शिलान्यास गर्नुभयो ।

कचनकवल गाउँपालिका भित्रका बिपन्न बर्गका वडानम्बर २, ५, ६ र ७ नम्बर वडामा गरेर ३० वटा घर निर्माण हुने छन् । घरको लागत ३ लाख ३२ हजार ५ सय अनुमान गरिएको छ । उक्त घर २ महिना भित्रमा निर्माण कार्य सम्पन्न हुने बताईएको छ ।

कचनकवल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कुलबहादुर कार्कीको अध्यक्षतामा आयोजना भएको शिलन्यास कार्यक्रममा शहरी विकास डिभिजन कार्यालय इलामका ओभरसियर प्रज्वल साह, नेकपाका नेता तिलबहादुर राई, नेपाली कांग्रेसका नेता रमेश पौड्याललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

