खेलकुद

प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिगको तयारी तिब्र

झापा, पुष १८ । आगामी पुष २४ गतेबाट झापाको मेचीनगरमा सञ्चालन हुने प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिगको तयारी तिब्र पारिएको छ । मिति नजिकिए संगै प्रतियोगिता भव्य रुपमा सञ्चालन गर्न आयोजक मिलन क्रिकेट क्लबले तयारीलाइ तिब्रता दिएको हो ।

प्रतियोगिता सम्पन्न गर्न ४ लाख ६० हजार रुपैयाँ खर्च पूर्वानूमान गरिएको छ । आयोजक क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक विरु श्रेष्ठका अनुासार प्रतियोगितामा मेचीनगर नगरपालिका र मेचि नेत्रालय मुख्य प्रायोजको रुपमा रहेका छन् । अन्य थुप्रै सं्रघसंस्थाहरु सह–प्रायोजकको रुपमा रहेको उनले बताए । त्यसै गरेर खेलप्रेमी, सामाजिक व्यक्तिहरुबाट पनि प्रतियोगिता सफल पार्न सहयोग जुटीरहेको अध्यक्ष श्रेष्ठले बताए ।

शुक्रबार होटल ग्रिन प्यालेस काँकरभिट्टामा एक कार्यक्रमका बिच संविधान सभा सदस्य उसा गुरुङले सो प्रतियोगिताको ट्रफी उद्घाटन गरेकी थिईन् । साथै गुरुङले आयोजकलाई प्रतियोगिता भव्य, सव्य र व्यवस्थित रुपमा सफल पार्न शुभकामना दिईन् ।

कार्यक्रममा आयोजक समितिकी निकिता थापामगर, लालिगुरास क्रिकेट एकाडेमीका अध्यक्ष विश्वराज गौतम, युनाइटेड क्रिकेट एकाडेमीका हितेन श्रेष्ठ, एन.सि.एस.एस झापाका अध्यक्ष प्रविन अधिकारी, बाहुण्डाँगी क्रिकेट एकाडेमीका अध्यक्ष कञ्चन बराललगायतको उपस्थिती थियो ।

प्रतियोगितामा आयोजक मिलन क्रिकेट क्लब मेचीनगर सहित १२ वटा टिमको सहभागीता रहने छ । प्रतियोगितामा लालिगुरास क्रिकेट एकाडेमी शिवसत्ताक्षी, युनाइटेड क्रिकेट एकाडेमी विर्तामोड, बोस्टन क्रिकेट एकाडेमी विर्तामोड, आदर्श क्रिकेट एकाडेमी भद्रपुर, होराईजा क्रिकेट क्लब विराटनगर, धुलाबारी क्रिकेट क्लब मेचीनगर, बाहुण्डाँगी क्रिकेट एकाडेमी मेचीनगर, एन.सि.एस.एस झापा, मेची क्याम्पस क्रिकेट टिम भद्रपुर, द आर्ट अफ क्रिकेट सुनसरी र ईनिङ स्टार काठमाण्डौं रहेका छन् ।

मेचीनगर–६ तुर्केनी खेलमैदानमा हुने प्रतियोगिताको विजेताले ५० हजार ५१ रुपैयाँ र उपविजेता टिमले २५ हजार ५१ रुपैयाँ नगदराशी पाउनेछन् ।

Leave a Reply

Your email address will not be published.