संघ \संस्था

२१औं स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम

झापा, माघ ८ । मेचीनगरको धाइजनमा मङ्गलवार डेरी, पानी, उद्योगीसँग खाद्य स्वच्छताका विषयमा छलफल गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाको आयोजना र नेपाल डेरी एशोसिएसन झापाको सहआयोजनामा चारआली खानेपानीको सभा हलमा भएको अन्तरक्रिया कार्यक्रममा सर्वसाधारण जनताको स्वास्थ्य तथा सुविधा कायम राख्न दूध तथा दुग्धजन्य पदार्थको उत्पादनदेखि उपभोगको चरणसम्म स्वच्छता हुनु पर्ने जोड दिइयो । मानव स्वास्थ्यका लागि चाहिने बस्तुहरुको प्रयोग र व्यवस्थापन गर्न नसक्दा विभिन्न रोगहरु निम्तने गरेको बताइएको छ ।

मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पशु भेटनरी अस्पताल तथा विज्ञ केन्द्र झापा–इलाम प्रमुख डा. गंगाराम यादव दूध उत्पादक संघ झापा सचिव चन्द्रप्रसाद सिग्देल, उद्योगी मीनप्रकाश मैनाली, मेचीनगर १२ वडा सदस्य लीला सुब्बा राजवंशी लगायतले मन्तव्य राखेका थिए ।

नेपाल डेरी एशोसिएसनका केन्द्रीय उपाध्यक्ष राजन चिमरियाले सञ्चालन गरेको कार्यक्रमको स्वागत भरतराज पुरीले गरेका थिए । अन्तरक्रिया कार्यक्रममा गाईपालकसहित २५० जना किसानको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.