विश्व

कोरोनाको कहर: २०६ देशमा फैलिदा ६४ हजार बढीको मृत्यु

काठमाडौं, चैत २३ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस (कोविट–१९)का कारण अहिलेसम्म विश्वमा ६४ हजार ६७८ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०६ देशमा पुगेको कोरोना भाइरसबाट १२ लाख १ हजार ४७३ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये २ लाख ४६ हजार ३८३ जना उपचारगरि घर फर्किएका छन् । अहिले ८ लाख ९० हजार ४१२ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् । उपचारमा रहेकामध्ये ४२ हजार २८८ को अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले जनाएको छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ । २४ घण्टामा थप ३४ हजार १९६ जनामा संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ११ हजार ३५७ पुगेको छ । जहाँ मृत्यु हुनेको संख्या ८ हजार ४५२ छ । वितेको २४ घण्टामा अमेरिकामा १ हजार ४८ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा १५ हजार ३६२ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ६८१ जनाको मृत्यु भएको छ। त्यसैगरी स्पेनमा १ लाख २६ हजार बढी संक्रमित रहेका छन् । जहाँ ११ हजार ९ सय बढीको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published.