ईलाम, चैत २४ । चुलाचुली गाउँपालिका कार्यालयले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी छ ।

यसै बिच नेपाली कांग्रेस चुलाचुली गाउँ कार्यपालिले पनि सहयोग गरेको छ । सोमबार नेपाली कांग्रेस गाउँ कार्यपालिको तर्फबाट रु ३० हजार ८ सय ५० र भातृ संगठन नेपाल शिक्षक संघ चुलाचुलीको तर्फबाट ११ हजार गरेर जम्मा ४१ हजार ८ सय ५ रुपँया गाँउपालिकाको राहत कोषलाई सहयोग गरेको छ ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस चुलाचुली गाउँ कार्यपालि सभापति गणेशप्रसाद फागो, जिल्ला सदस्य द्वय नरेन्द्र लावती र सुवास आङथुप्पो, क्षेत्रिय सदस्य तथा तरूण दल सभापति राजेन्द्र केरूङ, नेपाल शिक्षक संघ गाउँ सभापति पदमकेशर लिम्बू, तरूण दल गाउँ सभापति सागर जबेगु, नेपाल किसान संघ गाउँ सभापति चुडामणी चापागाईं, २ नं वडा सभापति खड्गबहादुर लुङ्गेली, ३ नं वडा सभापति प्रेम श्रेष्ठ, ४ नं वडा सभापति मइतबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।

उक्त रकम गा.पा. अध्यक्ष प्रदिपचन्द्र राई, उपाध्यक्ष निर्मला दाहाल, प्रशासकीक अधिकृत काजीमान राई र विपत कोष संयोजक पुर्ण लावतीलाई हस्तान्तरण गाउँ सभापति गणेशप्रसाद फागोले गरेका थिए । रकम हस्तान्तरण कार्यक्रमको संञ्चालन सचिब त्रिलोचन गौतमले गरेका थिए ।


