झापा, माघ ५ । झापाका ३ जना प्रदेश सांसदहरुले ओली पक्षलाई समर्थन गर्ने भएका छन । यस अघि नेकपा प्रचण्ड नेपाल पक्षका विश्वासीला पात्र प्रदेश सांसदहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली र जसमाया गजमेरले प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय प्रदेश १ का मुख्यमन्त्री शेरधन रार्इलाई समर्थन गर्ने भएका छन् ।
तीनै जना सांसदहरुले यस अघि मुख्यमन्त्री राई बिरुद्ध दर्ता गराइएको अविश्वासको प्रस्तावमा गरेको समर्थन आज फिर्ता लिए संगै उनिहरु ओली समुहलाई समर्थन गरेका हुन ।

बुढाथोकीले भन्नु भयो,‘मुख्यमन्त्री बिरुद्धको अविश्वासको प्रस्तावमा दिएको समर्थन तीनै जनाले फिर्ता लिऔं ।’ यस अघि प्रचण्ड नेपाल पक्षीय नेता बुढाथोकीले ओली पक्षको केन्द्रीय सदस्य समेत अस्वीकार गर्नु भएको थियो । त्यस्तै प्रदेशको सामाजिक बिकास राज्यमन्त्री रहनु भएकी सांसद गजमेरले प्रचण्ड नेपाल समुहमा लागेर यस अघि मन्त्री पदबाट राजीनामा दिनु भएको थियो ।
मेचीनगरका स्थानीय सांसद मैनाली र बुढाथोकी क्रमशःझापा क्षेत्र न १ (क) र (ख) बाट निर्वाचित सांसद हुन भने बिर्तामोड निवासी गजमेर समानुपातिक सांसद हुनुहुन्छ ।

