झापा, चैत ३० । विपद् जोखिम न्युनिकरण तथा व्यवस्था ऐन , २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित मेचीनगर विपद् व्यवस्थापन समितिमा राहात रकम आउने क्रम जारी छ ।
मेचीनगर राहत कोषमा सहारा नेपाल बचत तथा ऋण सहकारी सस्था झापाले सहयोग गरेको छ । कोषमा सहारा नेपाल बचत तथा ऋण सहकारी सस्था झापाले मेचीनगर राहत कोषमा १ लाख ११ हजार सहयोग गरेको हो ।

आइतवार नगरपालिका कार्यालयमा सहारा नेपाल साकोस हावस सेवा केन्द्र मेचीनगरका संयोजक भगिरथ शर्मा सुवेदीले मेचीनगर प्रमुख बिमल आचार्यलाई १ लाख ११ हजारको चेक रकम हस्ताणतरण गरेका हुन् । हस्तान्तरण कार्यक्रमा मेचीनगर विपाद् व्यवस्थापन समिमि संयोजक टिकाराम मंग्राती साहारा नेपालका लोहित प्रसाद चापागाई, मुकेश कार्की, अरुण श्रेष्ठ, खेमराज पुरी र किसन गौतमलगायतको उपस्थिति रहेको थियो ।
सहारा नेपाल साकोसले यस अघि कोरोना संक्रमणको आशंकामा मेचीनगरको क्वारेन्टाइनमा रहेका व्याक्तिलाई खाद्यन्नका लागि भनेर ५० हजार वरावरको राहत सामाग्री उपलब्ध गराइसकेको छ। ।

मेचीननगर विपद् व्यवस्थापन समितिलाई ३ चरणमा सहयोग उपलब्ध भइसकेको
संयाोजकक टिकाराम मंग्रातीले बताए । सहारा साककोसले उपलव्ध गराएको खाद्यन्न
क्वारेन्टाइनमा पुर्याइसकेको संयोजक मंग्रातीले बताए ।

