काठमाण्डौ, जेठ ८ । नेपाल सरकारले जारी गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा भारतद्वारा नमान्ने जनाएको छ ।
नेपालले एकतर्फी रुपमा संशोधित नयाँ नक्सा जारी गरेको भन्दै भारतले त्यो आफूलाई मान्य नहुने बताएको छ । भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति नै निकालेर नयाँ नक्साको बारेमा प्रतिक्रिया दिएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नयाँ नक्सामा भारतीय क्षेत्रको केही भाग रहेको भन्दै मान्य नहुने बताएका छन् ।

