अर्थ

सबैखाले ब्यवसाय खुलाउन ब्यवसायीबीच छलफल

झापा, जेठ २० । कोरोना भाइरको संक्रमण र लक डाउनको समय लम्बिदै जाँदा यति खेर उद्योग तथा व्यापार व्यावसाय धरासायी बन्दैगएको भन्दै झापा जिल्लाको ब्यवसायीहरु आवश्य सुरक्षा अपनाएर सबैप्रकारका ब्यवसाय खोल्न सहमत भएका छन् ।

मंगलबार मेचीनगर स्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित एक अन्र्तक्रियामा सहभागि ब्यवसायीहरुले सरकानरलाई ३दिन भित्र ब्यवसायीहरुको मागलाई सम्बोधन गर्न दवाब दिने उद्देश्यले बुधवार सम्बन्धित निकायमा ज्ञापन पत्र समेत बुझाउने निर्याय गरेको छ ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाको सभापतित्व तथा केन्द्रिय सदस्य केशवराज पाण्डे र उमेश डालमियाँको बिषेश आतिथ्यमा आयोजित छलफलकार्यक्रममा झापा जिल्लाका बिभिन्न उद्योग बाणिज्य संघका अध्यक्षहरुले सहभगिता जानाएका थिए । सहभागिहरुले सरकारले ब्यवसायीहरुको हितमा बजेटमा कुनै समस्या सम्वोधन नगरेको भन्दै सरकार प्रति आक्रोश ब्यक्त गरे । लक डाउनकाकारण लामो समय देखि ब्यापार व्यवसाय बन्द गर्नु पर्दा ब्यवसायीहरु सडकमा आउने अवस्था सिर्जना भएको उनिहरुको भनाई थियो ।

कार्यक्रममा बिशेष अतिथि केशवराज पाण्डे , उमेश डालमियाँ , बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भटराई , बुद्धशान्ति उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र चाँपागाई , उद्योग बाणिज्य संघ तोपगाछिका अध्यक्ष उमानाथ भण्डारी , दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ , गौरादह अध्यक्ष जितबहादुर कार्की , मेची उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैन लगायतले तत्काल ब्यवसाय संञ्चालनको व्यवस्था मिलाउनु पर्नै धारणा राखेका थिए ।

ब्यवसायीहरुले कुनै व्यवसाय नियमित सञ्चालन हुनै तर कसैलाई भने सञ्चालन गर्न नदिनु कुन न्याय संगत हुराहो भन्दै आक्रोश पोखेका थिए । उनिहले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर ब्यवसाय सञ्चालन गर्नूको बिकल्प नरहेको बताएका थिए । कार्यक्रमको सञ्चालन महासचिव धृव कनालले गरेका थिए । बुधबार ब्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय , उद्योग बाणिज्य महासंघ र स्थिानिय सरकार समक्ष ज्ञापन पत्र बुझउने जनाएकोछ

Leave a Reply

Your email address will not be published.