स्वास्थ्य

मेचीनगरका दुई सहित झापामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

झापा, असार ७ । मेचीनगरका दुई सहित झापामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार मेचीनगर नगरपालिका वडा नम्बर ५ र ६ का एक एक जना पुरुषसहित झापामा अर्जुनधारा नगरपालिका वडा नम्बर ७ का एक महिला, एक बालिका र एक जना पुरुष रहेका छन् । उनीहरु भारतको बिहारबाट फर्किएका हुन् ।

यसैगरी कनकाई नगरपालिका वडा नम्बर ७ की एक महिलामा पनि संक्रमण देखिएको छ । उनी कुवेतबाट फर्किएकी हुन् ।

संक्रमित सबै स्थानीय क्वारेन्टिनमा बसेका थिए । उपचारका लागि दुई महिला र बालिकालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र तीन जना पुरुषलाई गोठगाउँ लगिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.