खेलकुद

लिग लिडर युभेन्टस एसी मिलानसँग पराजित

काठमाडौं, असार २४ । इटालियन सिरी ‘ए’ मा लिग लिडर युभेन्टस एसी मिलानसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा मिलानको घरेलु मैदान सान सिरोमा युभेन्टस मिलानसँग ४–२ गोलले पराजित भएको हो ।

मिलानको मैदानमा भएको खेलमा पाहुना टोली युभेन्टसले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४७औं मिनेटमा फ्रान्सेली मिडफिल्डर एड्रीएन राबिओट र ५३औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दिलाए पनि त्यसको पाँच मिनेटभित्र मिलानले तीन गोल गर्दै खेलमा फर्कियो ।

६२औं मिनेटमा ज्लाटान इब्राहिमोभिकले पेनाल्टीमा गोल गरे भने ६६औं मिनेटमा फ्रान्क केस्से र ६७औं मिनेटमा राफेल लेओले गोल गरेपछि मिलानले ३–२ गोलको अग्रता बनायो । ८०औं मनेटमा एन्टे रेबिकले गोल गर्दै मिलानलाई ४–२ गोलको जित दिलाए ।

युभेन्टसलाई हराएसँगै मिलान पाँचौं स्थानमा उक्लिएको छ । उसले ४९ अंक बनाएको छ भने मंगलबारकै अघिल्लो खेलमा लाजियो लेच्चेसँग २–१ ले पराजित भएकाले अंक तालिकामा युभेन्टसको अग्रता भने कम भएन युभेन्टस ७५ अंकका साथ शीर्ष स्थानमा नै रहेको छ । ऊ दोस्रो स्थानको लाजियोभन्दा ७ अंकले अगाडि रहेको छ । लाजियोसँग ६८ अंक छ ।एजेन्सी

Leave a Reply

Your email address will not be published.