काठमाडौं, असार २४ । आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी समितिको बैठक असार २६ गते सम्मका लागि स्थगित भएको छ ।
पार्टीमा जारी विवाद अन्त्यका लागि दुई अध्यक्ष निरन्तर छलफलमा रहेकाले स्थायी समिति बैठक २६ गते ११ बजे बस्नेगरि स्थगित गरिएको नेकपा नेता सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकार दुबै राम्रोसँग चलाउन नसकेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधब नेपाल समूहले प्रम ओलीलाई दुब पद छाड्न दबाब दिदैं आएका छन् ।
आफू विरूद्ध मोर्चाबन्दी कसिएपनि प्रधानमन्त्री ओलीले भने कुनै पनि हालतमा दुबै पद नछोड्ने बताउँदै आएका छन् ।

