खेलकुद

झापा कप : उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब विजयी

झापा । झापाको बिर्तामोडमा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की र दिशान्त राईले गोल गरे । Read More…

संघ \संस्था साहित्य

बदलिदो परिबेश र बढ्दो प्रविधिका बिच पनि स्वअध्ययनको संस्कृतिलाई बढवा दिन आवश्यक : मुख्यमन्त्री कार्की

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बदलिदो परिबेश र बढ्दो प्रविधिका बिच पनि स्वअध्ययनको संस्कृतिलाई बढवा दिन आवश्यक रहेको बताएका छन् । शुक्रबारबाट झापाको मेचीनगरमा आयोजना भइरहेको रिडर्स फेस्टिबलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् । नेपालको सिमावर्ती शहर काँकरभिट्टामा शुक्रबारबाट सञ्चालन भइरहेको तीनदिने रिडर्स फेस्टिबलको प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री Read More…

संघ \संस्था

पत्रकार महासंघ झापाको अध्यक्षमा गिरी पुनः निर्वाचित

झापा। नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित भएका छन् । अन्तिम मत परिणाम अनुसार गिरी १३१ मतका साथ विजयी भएको निर्वान अधिकृत शिरो सान्दाइले जानकारी दिए । गिरी बर्तमान कार्य समितिका अध्यक्ष समेत हुन् । अध्यक्षका प्रतिस्पर्धीहरु डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकाराम नेतीले ४ मत मात्र प्राप्त गरेका छन् Read More…

संघ \संस्था

मेचीनगर : बन्नेभयो भान्सा खोलामा कालोपत्रे बाटो

मेचीनगर । मेचीनगर ७ काँकरभिट्टा स्थित भान्सा खोला गाँउको बाटोमा कालोपत्रे हुने भएको छ । बिगत लामो समयदेखि ग्राभेल बाटोमा नै सिमित उक्त क्षेत्रको बाटोमा नगरपालिकाले प्राथमिकता दिँदै यसपटक कालोपत्रे गर्ने भएको हो । बिहिवार नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओली, कार्यपालिका सदस्य तथा पुर्वाधार विकास समिति संयोजक Read More…

संघ \संस्था स्वास्थ्य

मेचीनगरले वडा वडामा पुगेर अपाङ्गता भएकाहरुको बिशेष स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण गर्ने

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी पुस १ गतेदेखि नगरका अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण गराउने भएको छ । वडा वडामा नै बिशेषज्ञ डाक्टर, स्वास्थ्यकर्मीसहितको टोलि लगेर नगरपालिकाले उनीहरूको स्वास्थ्य परिक्षण गर्ने भएको हो । नगरपालिकाले अभियान कै रूपमा पुस १ गतेदेखि १५ गतेसम्म प्रत्येक वडामा अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान Read More…

अन्य

आत्महत्याका घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण सम्पन्न

मेचीनगर। मेचीनगरका सामुदायिक बिद्यालयका छात्र छात्रालाई बढ्दो आत्महत्याका घटना न्युनिकरण सम्बन्धि एकदिने अभिमुखिकरण सम्पन्न भएको छ ।  लैगिंक हिसां बिरुद्धको १६ दिने अभियान अन्र्तगत मेचीनगर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा आत्महत्याका घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण गरिएको हो । आत्माहत्या न्युनिकरण र रोकथाम सम्बन्धि मेचीनगरका प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, Read More…

समाचार

बीआरआई सहमती देशको हितमा छ यसलाई कार्यान्वयन गर्छाैं : प्रधानमन्त्री ओली

झापा । एमालेका एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् । सोमबार झापाको बिर्तामोडमा आयोजित एमालेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसपटक आफ्नो चीन भ्रमणका क्रममा नेपाललाई लाभ पुग्नेगरी बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा सहमति गरेर फर्किएको बताउँदै उक्त सम्झौतामा ऋण कुरा उल्लेख नभएको बताए Read More…

संघ \संस्था

समृद्ध नगर बनाउने अभियानमा साथ दिन मेचीनगरले गर्यो प्रधानमन्त्री ओलीलाई अनुरोध

मेचीनगर । समृद्ध नगर बनाउने अभियानमा सहयोग गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेचीनगर नगरपालिकाले अनुरोध गरेको छ । आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको टिमले नगरपालिकाको महत्वपूर्ण र दिर्घकालिन विकासका योजना र कार्यक्रमहरुलाई संघिय सरकारको तर्फबाट आवश्यक सहयोग र समन्वय गरिदिन अनुरोध गर्दै नगरपालिकाले बुदागत रुपमा विषयबस्तु समेटेर प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र बुझाएको Read More…

राजनीति

झापा पुगेका प्रधानमन्त्री ओलि विरुद्ध रास्वपाको प्रदर्शन

झापा । गृहजिल्ला झापा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेचीनगरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले कालो झण्डा देखाएका छन्। मेचीनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्न स्थलतर्फ जाने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध उनीहरूले नाराजुलुश गरेका हुन्। सोही क्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा रास्वपाका क्षेत्र नम्बर ४ का Read More…

समाचार

प्रधानमन्त्री ओलीद्वारा डेढ अर्बबढीको लागतको १८ तले (बिजनेस कम्प्लेक्स) उद्घाटन

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ अर्बबढीको लागतमा नवनिर्मित १८ तले दमक भ्यूटावर (बिजनेस कम्प्लेक्स) को आइतबार उद्घाटन गरेका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा २०७६ साल असार २६ गते ठेक्का लागेको दमक भ्यूटावरको एक भव्य समारोहबीच उद्घाटन गरेका हुन्। प्रधानमन्त्री ओलीले दमक नगरपालिका-३ मा डेढ अर्बभन्दा बढी लागतमा Read More…