समाचार

प्रधानमन्त्री ओलीले गरे मानव सेवा आश्रमको भवन उद्घाटन एबम् गुरुयोजनाको शिलान्यास

मेचीनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मावनताभन्दा ठूलो अर्को सिद्धान्त नभएको बताएका छन् । मेचीनगर नगरपालिका-४ बाहुनडाँगीमा रहेको मानव सेवा आश्रमको भवन उद्घाटन एबम् गुरुयोजनाको शिलान्यासपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् । उनले मानवताको क्षेत्रमा उत्साहजनक काम गर्दै आएकोमा प्रशंसा गर्दै आफ्नो एक महिनाको पारिश्रमक समेत भवन निर्माणका लागि प्रदान गर्ने उद्घोष गरेका Read More…

खेलकुद संघ \संस्था

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न (भिडियोसहित)

मेचीनगर । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले शनिबारदेखि पदभार सम्हालेका छन् । पुर्वको पवित्र धार्मिक तथा पर्यटकीय स्थल पातलगंंगा परिसरमा आयोजित बिशेष कार्यक्रमका बिच निर्वाचन समितिका संयोजक बिक्रम राईको अध्यक्षतामा आयोजित पद हस्तान्तरण तथा वनभोज कार्यक्रमपश्चात् उनीहरुले पदभार सम्हालेका हुन् । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, पुर्व प्रदेश सभा Read More…

संघ \संस्था

मेचीनगर ५ : यसपालिको माङहिम मेला मंसिर ३० गतेदेखि

मेचीनगर । झापाको मेचीनगर -५ स्थित माङ्हिम टोलमा ३ दिने धार्मिक मेला लाग्ने भएको छ। विगतका वर्षहरुझैँ यस वर्षपनि यहि मंसिर ३० गतेदेखि पुष २ गतेसम्म मेला सञ्चालन हुने समितिका अध्यक्ष महेन्द्र लावतीले बताए । उक्त धार्मिक सांस्कृतिक मेलामा मंसिर ३० गते पुर्णिामाका दिन पुजापाठ तथा विभित्र सांस्कृतिक नृत्य हुने र बाँकी २ दिन विभिन्न प्रकारका Read More…

संघ \संस्था

मेचीनगर: लैंगिक हिंसा र कानुन सम्बन्धि अन्तरक्रिया सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान विविध कार्यक्रम गरि मनाइरहेको छ । सोही क्रममा नगरपालिकाले अभियानको १२ औं दिन शुक्रबार लैंगिक हिंसा र कानुन सम्बन्धि नगरका सरोकारवाला निकायबिच अन्तरक्रिया सम्पन्न गरेको छ । मेचीनगर सभाहलममा उपप्रमुख मीना पोख्रेल उप्रेतीको अध्यक्षता आयोजित अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो । Read More…

खेलकुद

बिर्तामोड झापा कपको तयारी अन्तिम चरणमा

झापा । प्रतियोगिताको मिति नजिकिँदै जाँदा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि अस्थायी प्यारापिट निर्माण सम्पन्न भएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ । त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत Read More…

संघ \संस्था

मेचीनगर नगरपालिकाद्वारा नगर प्रहरीलाई सवारीसाधन हस्तान्तरण

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर प्रहरीलाई सवारीसाधन हस्तान्तरण गरेको छ । बिहिवार बिहान एक संक्षिप्त कार्यक्रमका बिच नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले नगरप्रहरीलाई उक्त सवारीसाधन हस्तान्तरण गरेका हुन् । सुदुरपुर्वमा रहेको नेपालकै ठुलो मध्येको नगरपालिका मेचीनगर नगरपालिकामा पन्द्रवटा वडा Read More…

संघ \संस्था

बाहुण्डाँगी जेसीज वर्ष २०२५ अध्यक्षमा चम्लागाँई

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज वर्ष २०२५ को अध्यक्षमा नित्यानन्द चम्लगाँई सर्वसम्मत चयन भएका छन् ।  बुधबार जेसीज सचिवालय भवनमा सम्पन्न साधारण सभाको तेस्रो चरणको भेलाले चम्लगाँईको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । सधारण सभामा चम्लगाँई र निकेशराज दाहालको उम्मेदवारी परेको थियो । दाहालले उम्मेदवारी फिर्ता लिएसँगै चम्लागाँई सर्वसम्मत चयन भएका हुन् । दाहाललाई आगामी वर्ष नेतृत्व दिने आन्तरिक Read More…

खेलकुद

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको अध्यक्षमा ओली

मेचीनगर । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (काँकरभिट्टा एफटिसी) को अध्यक्षमा दिनेश ओली नवराज सर्वसम्मत चयन भएका छन् । झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको सेन्टरको तेस्रो अधिवेशनले ओलीको नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा अशोक राई र द्वितीय उपाध्यक्षमा युवराज मुखियालाई चयन गरेको छ । त्यस्तै, Read More…

खेलकुद

लुम्बिनीलाई पराजित गर्दै विराटनगर किंग्स विजयी

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी यात्र सुरूवात गरेको छ । आज भएको खेलमा लगातार दोस्रो हारबाट तनावमा रहेको विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई पराजित गरेको हो । १९२ रनको लक्ष्य पछ्याएको विराटनगरले १ बल बाँकी रहँदै १९३ रन बनाएर हारको श्रृंखला रोकेको छ।   विराटनगरका ब्याट्सम्यान लोकेश बमले सम्हालिएर इंगिङ खेलेका थिए। ४७ बलमा ७१ रन Read More…

संघ \संस्था

मेचीनगरमा विविध कार्यक्रम गरी मनाइयो ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । महिला, बालबालिका तथा समाज कल्याण शाखा, मेचीनगरको आयोजनामा औपचारीक कार्यक्रमसंगै विभिन्न खेलकुदलगायतका अतिरिक्त क्रियाकलाप गरी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मंगलबार मनाइएको हो । अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्धनको लागि विश्वभर संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर Read More…