काठमाण्डौँ, श्रावण १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत बीच व्यापारसम्बन्धी सन्धिसम्झौता समयमैँ परिमार्जन हुनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र मारिटाइम गेटवेको आयोजनामा आईतबार (आज) प्रथम नेपाल पारवहन सहजीकरण सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।प्रधानमन्त्री ओलीले भारतसँग नेपालको उच्च व्यापार घाटा रहेकाले व्यापार सन्तुलित हुनुपर्ने बताए Read More…
अर्थ
हनुमान सेन्ट्रलमा लागेको आगो नियन्त्रणमा
झापा, श्रावण ११ । विर्तामोडको व्यापारिक केन्द्र हनुमान सेन्ट्रलमा साँझ ७ बजेबाट सुरु भएको आगलागी भर्खरै नियन्त्रणमा आएको छ । करिब डेढ घण्टाको अथक प्रयासपछि आगलागी नियन्त्रणमा आएको हो । आगो नियन्त्रणका लागि बिर्तामोड, मेचीनगर र भद्रपुरको दमकल परिचालन गरिएको थियो । त्यस्तै, स्थानीयबासी, सुरक्षाकर्मीको लामो प्रयासपछि करिब ८ः१५ बजे आगो नियन्त्रणमा आएको हो । Read More…
मेची भन्सारको मुद्दा फछ्र्योटबाट तीन करोड बढी राजश्व
झापा, श्रावण ७ । मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५–७६ मा दर्ता भएका मुद्दा फछ्र्योटबाट मात्रै रु तीन करोड बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले ५३० मुद्दा फछ्र्योट गर्दा रु तीन करोड ३६ लाख ५८ हजार राजश्व असुली गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए । अधिकृत अर्यालका अनुसार अघिल्लो आर्थिक Read More…
मेची भन्सारको राजश्व अघिल्लो वर्षको तुलनामा बृद्धि
झापा, श्रावण ३ । मेची भन्सार कार्यालयले गत अघिल्लो वर्ष २०७४–७५ को तुलनामा राजश्व तीन दशमलव ६९ प्रतिशतले बढी सङ्कलन गरेको जनाएको छ । अघिल्लो आव २०७४–७५ मा नौ अर्ब ७४ करोड तीन लाख ६१ हजार असुली गरेको थियो । गत आव २०७५–७६ मा रु १० अर्ब नौ करोड ९५ लाख ७३ हजार राजश्व असुली Read More…
पूर्व सञ्चारमन्त्री बस्नेतलाई ६१ करोड लुकाएको आरोप
काठमाण्डौं, श्रावण ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्व सञ्चारमन्त्री मोहनकुमार बस्नेतले स्रोत नखुलेको ६१ करोड रुपैयाँ लुकाएर राखेको तथ्य फेला पर्न आएको छ । काठमाण्डौंको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा पूर्वमन्त्री बस्नेतको नाममा ठूलो रकम निक्षेप राखेको भेटिएपछि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान सुरु गरेको छ । विभागले सहकारीमा रहेको Read More…
मेचीनगरका वडाध्यक्षले फिर्ता गरे रु ६५ हजार बेरुजु भत्ता
झापा, श्रावण १ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष ललित तामाङले प्रदेश कानून बन्नुभन्दा अघि मासिक भत्तावापत लिएको रु ६५ हजार फिर्ता गर्नुभएको छ । नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङले मङ्गलबार नगरपालिकामा आएर सो रकम फिर्ता गर्नुभएको नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनपछि विसं २०७४ पुस २७ Read More…
घुमुवाको प्रयोग गरेर डिएसपीको झापामा असुलीधन्दा (भिडियो सहित)
खगेन्द्र घिमिरेझापा, अषाढ २९ । सशस्त्र प्रहरीको सुरक्षा वेस क्याम्प शनिश्चरे झापाका डिएसपी ओजेश ओलीले व्यापारीहरुसँग मासिक नजरना उठाउँने गरेको खुलासा भएको छ ।करिव ३ महिनाअघि देखि शनिश्चरे क्याम्पमा जिम्मेवारी समाल्दै आएका ओलीले बिभिन्न व्यापारीहरुबाट अवैध असुलीको धन्दा चलाइरहेको पीडित व्यापारीहरुले गुनासो गरेका छन् । पूर्वी नाकाको भारतबाट नेपाल तर्फ आयात गरि व्यापार गर्दै आएका Read More…
बिर्तामोड बजार शनिवार बन्द हुने
झापा, अषाढ २६ । पर्वको व्यापारीक केन्द्र झापाको विर्तामोड बजार सोमवार बन्द हुँदै आएको छ । तर अब साउन ४ गतेदेखि शनिवार बन्द गरिने भएको छ । नेपालको राष्ट्रिय बिदा शनिवार भएकाले बैंकींङ्ग कारोबार सहित अन्य सरकारी कामकाज गर्न असहज भएको भन्दै सोमबार बन्द हुदै आएको बजार शनिबार सार्न लागेको व्यवसायीहरु बताउछन् । बिर्तामोडका विभिन्न Read More…
लोकसेवा आयोगः स्थानीय तहमा साढे चार लाखको आवेदन
काठमाण्डौँ, अषाढ १९ । स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन् । मङ्गलबार अन्तिम फाराम भर्ने समय सिमासम्म सो सङ्ख्याका आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार खुलातर्फ चार लाख ३४ हजार ७६४, महिला एक लाख तीन हजार ५६७, जनजाति ४३ Read More…
प्रधानमन्त्री रोजगार कार्यक्रमको ओझ बढाउदै, सैलुङबासीले बनाए देशकै नमुना बाटो सोलिङ
काठमाण्डौ, अषाढ १७ । अहिले देशभरी नै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भईरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा हेलमेट, पञ्जा, कुटो कोदाला र हसिया लगायतका औजार लिई पैनी झोड्ने, फुलबारी गोड्ने मकै गोडने, झार उखलेर झारा टारेका आरोप कतीपय स्थानिय तहलाई आरोप लागिरहेको छ । जारी कार्यक्रम अन्तर्गतको भत्ता पचाउन कतिपय नगरपालिका, गाउँपालिका र वडामा Read More…










