झापा, अषाढ ६ । पञ्चम म्युजिक स्कुल काकँरभिट्टाको आयोजनामा भोली देखि अन्तर विद्यालय गायन प्रतियोगिता सिजन ३ आयोजना हुदैछ । पहिलो र दोश्रो सिजन सफलतापुर्वक आयोजना गरिसकेको छ । प्रतियोगितामा मेचीनगर क्षेत्र भित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विभिन्न चरणहरु अषाढ ७ गते शनिबार देखि सञ्चालन भई अषाढ १२ गतेसम्म चल्ने Read More…
कला
विक्रमको ‘महसुस’ सार्वजनिक आकाश र स्वस्तिमाले गरे रोमान्स
युवराज आचार्य झापा, अषाढ ५ । गायक विक्रम धमलाको ‘महसुस’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिगत एक दशक देखि साङ्गेतीक क्षेत्रमा क्रियाशिल गायक विक्रम धमलालाई उक्त गीतमा गायिका आकांक्षा बस्यालले साथ दिएकी छिन् । ओएसआर डिजिटल मार्फत बजारमा ल्याइएको उक्त म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका स्वस्तिमा खड्काले रोमान्स गरेका छन् । Read More…
हिप हफमा भबिष्य खोज्दै वाईजिएम
युवराज आचार्य झापा, अषाढ २ । नेपालमा पनि पश्चिमा मुलुकमा झै हिप हफ (र्याप) गीतको पारखीहरु बढ्दै गएका छन् । विश्व व्यापीकरणको प्रभावले सङ्गीततको क्षेत्रमा थुप्रै ‘जनरा’ हरु भित्रिरहेको छ । हिप हफ त्यही जनरा मध्येको एक हो । त्यही पक्तिमा उभिएका छन् मेचीनगर–७ जोर्सिमलका वाईजिएम रोशन मेचे । आर्थिक अवस्था कमजोर भएको कारण कक्षा Read More…
सारेगमप लिटिल च्याम्पमा सेकेण्ड रनर अप भए प्रितम
काठमाण्डौं, जेष्ठ २६ । भारतीय टेलिभिजन जी टीभीको सङ्गीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स २०१९ प्रतियोगितामा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् । फाइनलमा सुनसरीको इटहरी उपमहानगरपालिका ५ का आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली बालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ ठोकर्पाका आयुष केसी भने चौथो भएका छन् । गत फेब्रुअरी ९ बाट Read More…
नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र
काठमाण्डौँ, जेष्ठ २६ । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा खड्काले प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गरेका हुन् । खड्काको पक्षमा २१८ मत खस्दा लामिछानेलाई १६१ मत परेको थियो । उपाध्यक्षमा अभिनेत्री रेजिना उप्रेती २४३ मत प्राप्त गरेर विजयी भइन् । त्यस्तै उपाध्यक्षमा नै सानुकुमार ताम्राकार Read More…
सारेगमपको ताज कस्ले पहिरेला? आज प्रीतम र आयुषको भाग्य फैसला हुँदै
काठमाण्डौँ, जेष्ठ २६ ।भारतीय टेलिभिजन जी टीभीको सङ्गीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स २०१९ प्रतियोगिताको फाइनल आज हुदैछ । विनरका लागि नेपालका दुई बालकले पनि प्रतिस्पर्धा गर्दैछन् । जसमा सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रीतम आचार्य र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ ठोकर्पाका आयुष केसी रहेका छन् । प्रतियोगितामा भारतभरिका कुल २० हजारभन्दा बढी बाल प्रतिभालाई Read More…
मिस्टर एण्ड मिस पूर्वमा २७ जना प्रतियोगी बन्द प्रशिक्षणमा छनौट
झापा, जेष्ठ १९ । पूर्वमा हुन गइरहेको मिस्टर एण्ड मिस पूर्व सौन्दर्य प्रतियोगिताको अन्तिम अडिसन शनिवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । यसअघि जेष्ठ ११ गते इटहरीको होटल रोजम्यारीमा पहिलो अडिसन भएको थियो । बिर्तामोडमा भएको अडिसनबाट १५ जना प्रतियोगी छानिएका छन् । इटहरीबाट १२ जना छानिएका थिए । अनुसन्धान मिडियाको आयोजनामा हुन लागेको प्रतियोगितामा Read More…
रबिन श्री ‘काँचुली’मा रोमान्स गर्दै
खगेन्द्र घिमिरे झापा, जेष्ठ १५ । कुनै समय झापामा कलाकारिता क्षेत्रमा तुलसी घिमिरेको उपनाम पाएका चलचित्र निर्देशक रबिन श्री पूर्वमा परिचित नाम हो । झापामा रहेर कलाकारिता सँगै चलचित्र पत्रकारिता क्षेत्रमा अव्वल रहेका रबिन श्रीले बिभिन्न चलचित्र निमार्ण गरेका थिए । सम्बन्ध,जन्मदिन जस्ता चलचित्र साथै पाच दर्जन बढी म्युजिक भिडियो निर्देशन गरिसकेका श्री अहिले राजधानी Read More…
थामी समाजको भुमेथान सामुदायीक भवन उद्घाटन
झापा, जेष्ठ ४ । मेचीनगर ८ स्थित प्रतिभा टोलमा थामी समाजको भुमेथान सामुदायीक भवन उद्घाटन भएको छ । थामी समाजले भुमेथान सामुदायीक भवन निर्माण उपभोक्ता समिति मार्फत निर्माण गरेको भवनको शनिबार एक कार्यक्रमका बिच प्रमुख अतिथि मेचीनगर उपप्रमुख मिना उप्रेतीले उद्घाटन गरेकी थिईन् । नेपाल थामी समाज झापाको आयोजनामा सञ्चालन भएको सामुदायीक भवन उद्घाटन तथा Read More…
“सुन साइँली” का रेकर्डिस्ट बुहारी हत्याको आरोपमा प्रक्राउ
काठमाण्डौं, बैशाख २८ ।“सुन साइली” गीतका रेकर्डिस्ट उज्वल महत प्रक्राउ परेका छन् । उनलाई भाई(बुहारीको हत्या गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको हो । उनले २५ वर्षीय बुहारी अञ्जना महतमाथि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाई छ । बुहारीको हत्या गरे लगत्तै उनले घरमै रहेकी आमालाई बताएका थिए । त्यसपछि प्रहरीलाई खबर भएपछि उनलाई प्रहरीले Read More…










