झापा, श्रावण ७ । झापामा निषेधाज्ञालाई अझ खुकुलो बनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा डिसीसीएमसीको आज बसेको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लामो दुरीका सार्वजनिक यातायातका साधन संचालन गर्न दिने निर्णय गरेको छ ।
त्यस्तै पसल बजार बेलुका ५ बजेसम्म संचालन हुँदै आएकोमा अब साँझ ७ बजेसम्म संचालन गर्न पाउने निर्णय गरिएको छ । अन्य निर्णय यथावत राखिएको उनले जानकारी दिए ।
निषेधाज्ञालाई साउन १४ गतेसम्म बढाइएको समेत उनले बताए ।

