मेचीनगर, श्रावण ७ । सामाजिक सुरक्षा भत्ता वितरणले मेचीनगरका अधिकांश बैंकहरूमा भिडभाड बढेको छ ।
मेचीनगरमा शाखा रहेका नेपाल बैंक, ग्लोबल बैंक, एक्सेल बैंकलगायतमा कोरोना संक्रमणको कुनै पर्वाह नगरी सामाजिक सुरक्षा भत्ता थाप्नेहरूको घुइँचो लागेको छ ।
वडा सरकारको बेवास्ताका कारण भत्ता पाउने नागरिकहरू कोरोना कहरबिच पनि बैंक धाउन बाध्य छन् । नगरका एक/दुई वटा वडा बाहेक सबै वडाका नागरिक भत्ता थाप्न बैंक नै धाउने गरेका छन् ।
बर्खाको समयमा पैसाको अति आवश्यक परेको हुँदा घाम पानी नभनी कोरोनालाई पनि बेवास्ता गर्दै पैसा थाप्न आएको एक ८२ बर्षिय बृद्धाले बताईन् ।
उनले भनिन् कम्तीमा वडा सरकारले आफ्नो वडाका नागरिकको सामाजिक सुरक्षा भत्ता बैकबाट निकालेर सम्भव भए घर घर नभएपनि वडाबाट नै प्रदान गर्नु पर्ने बताइन् ।
अर्का एक अशक्त युवाले भने सरकारले विभिन्न लक्षित समूहलाई सहयोग पुगोस् भनेर भत्ता प्रदान गरेको हो, तर त्यहि पैसा निकाल्न पनि २/३ दिन लाग्ने गरेको दुखेसो गरे।

