
काठमाण्डौँ, जेष्ठ २६ । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा खड्काले प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गरेका हुन् । खड्काको पक्षमा २१८ मत खस्दा लामिछानेलाई १६१ मत परेको थियो ।
उपाध्यक्षमा अभिनेत्री रेजिना उप्रेती २४३ मत प्राप्त गरेर विजयी भइन् । त्यस्तै उपाध्यक्षमा नै सानुकुमार ताम्राकार पनि विजयी भएका छन् । महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी विजयी हुँदा सुनिल कटुवाल कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् भने सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएकी छिन् ।
सदस्यमा शितल केसी, गोपाल नेपाल, शारदा नेपाल, जयकिशन बस्नेत, उद्धव भट्टराई, धर्मानन्द आचार्य, जीवन थापा, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन् । संघको निर्वाचनमा ३८७ कलाकार मतदानमा सहभागि भएका थिए ।

