काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेका छन् । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली आज बिहान साढे १० बजे काठमाडौंमा अवतरण गरेको हो । नेपाली फुटबल टोलीलाई विमानस्थलमा बाजागाजा सहित स्वागत गरिएको थियो । उनीहरूको स्वागतको लागि खेलकुद मन्त्री महेश्वर जंग गहतराज पनि विमानस्थल पुग्नुभएको थियो । मालदिभ्सको राजधानी मालेमा Read More…
खेलकुद
आईपीएलको उपाधि चेन्नईलाई
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले चौथोपटक चेन्नईएलको उपाधि हात पारेको हो । चेन्नईले अन्तिमपटक सन् २०१८ मा आईपीएलको उपाधि जितेको थियो । त्यसअघि चेन्नईले सन् २०१० र २०११ को सिजन लगातार दुईपटक आईपीएलको उपाधि जितेको Read More…
साफ च्याम्पियनशीप उपाधिका लागि आज नेपाल र भारत भिड्दै
काठमाडौं । तेह्रौं संस्करणको साफ च्याम्पियनशीपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ । माल्दिभ्सको माले राष्ट्रिय फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ । भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपाल उपविजेता बन्दै उपाधि भिडन्त तय गरेको हो । भारतले समुह चरणमा दुई जित र दुई बराबरीको Read More…
साफ च्याम्पियनसिपः उपाधिका लागि अब नेपाल र भारत भिड्ने
काठमाडौं । आयोजक माल्दिभसलाई ३–१ गोलान्तरले पराजित गर्दै भारत १३औं संस्करणको साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सफल भएको छ । बुधबार भएको खेलमा भारतलाई जिताउन कप्तान सुनिल क्षेत्रीले दुई र फरवार्ड मानविर सिंहले एक गोल गरेका थिए । माल्दिभसका लागि अलि असफाकले एक गोल गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । तालिकाको दोस्रो Read More…
साफ च्याम्पियनशिप; नेपाल फाइनलमा प्रवेश
काठमाण्डाै । नेपाल साफ च्याम्पियनशिपकाे फुटबलकाे फाइनलमा पुगेकाे छ । आज भएकाे खेलमा बङ्गलादेशसँग एक–एक गाेलकाे बराबरी खेल्दै नेपाल पहिलाे पटक फाइनलमा पुगेकाे हाे । खेलकाे नवाैँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले खेलकाे ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गरेका हुन् ।
सन्दीपलाई आईसीसी ‘प्लेयर अफ द मन्थ’ अवार्ड
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी (प्लेयर अफ द मन्थ) अवार्ड जितेका छन् । आईसीसीले गत बुधबार सार्वजनिक गरेको ‘प्लेयर अफ द मन्थ’को मनोनयनबाट सन्दीपले बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याट्सम्यान जसकरण मल्होत्रालाई पछि पारेका हुन्। यस्तै, महिलातर्फ भने इंग्ल्यान्डका कप्तान हिथर नाईटले सो Read More…
नेपाल भारतसँग पराजित
काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल आज भारतसँग पराजित भएको छ । मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको थियो । पहिलो हाफमा भारतले बलमा पकड जमाए पनि गोल गर्न सकेको थिएन । तर, भारतले खेलमा १-० गोलअन्तरले नेपाललाई पराजित गरेको हो । नेपाल भारतलाई बराबरीमा Read More…
रोनाल्डो बने प्लेयर अफ दि मन्थ
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले प्लेयर अफ दि मन्थ अवार्ड जितेका छन् । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडका फरवार्ड रोनाल्डोले सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बन्दै प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् । पोर्चुगिज फरवार्ड रोनाल्डोले सेप्टेम्बरमा ३ गोल गरेका थिए । युभेन्ट्सबाट युनाईटेड आएपछि उनले उत्कृष्ट खेलिरहेका छन् । रोनाल्डोले म्यानचेस्टर युनाईटेडको प्लेयर अफ Read More…
ब्राजिलको जित कायमै
एजेन्सी । विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार नवौं जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३-१ गोल अन्तरले पराजित गर्यो । ब्राजीललाई सहज जित दिलाउनको लागि माकिन्हस, गाव्रियल बर्बोसा र एन्थोनीले समान एक-एक गोल गरे । घरेलु टोलीका एरिक रामिरेजको गोल सान्त्वना बन्यो । खेलको ११औं मिनेटमा रामिरेजको गोल गर्दै Read More…
साफ च्याम्पियनसिपः माल्दिभ्ससँग बङ्गलादेश पराजित
काठमाण्डाै। साफ च्याम्पियनसिप फुटबलमा घरेलु टिम माल्दिभ्सले बङ्गलादेशलाई २-शून्य गोल अन्तरले पराजित गरेको छ । मालेको राष्ट्रिय स्टेडियममा गएराति बङ्गलादेशलाई २–शून्य गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो । माल्दिभ्सको जितमा हाम्जा मोहम्मद र अलि अस्फाकले एक/एक गोल गरे । खेलको ५५ औं मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए । Read More…








