खेलकुद

रोनाल्डो बने प्लेयर अफ दि मन्थ

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले प्लेयर अफ दि मन्थ अवार्ड जितेका छन् ।

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडका फरवार्ड रोनाल्डोले सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बन्दै प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् ।

पोर्चुगिज फरवार्ड रोनाल्डोले सेप्टेम्बरमा ३ गोल गरेका थिए । युभेन्ट्सबाट युनाईटेड आएपछि उनले उत्कृष्ट खेलिरहेका छन् । रोनाल्डोले म्यानचेस्टर युनाईटेडको प्लेयर अफ दि मन्थ अवार्ड समेत जितेका थिए ।