झापा, मंसिर ९ । प्रेस संगठन नेपालले सांगठनीक एकताका बाँकी कामलाई अन्तिम रुप दिएसँगै संगठनको झापा जिल्ला संयोजकको जिम्मेवारी मुक्ति पौडेलले पाएका छन् । साविकका प्रेस चौतारी र प्रेस सेन्टरबीचको एकता प्रक्रिया टुंगिएसँगै निर्माण भएको संगठन झापाको संयोजक बनेका पौडेल साविक प्रेस चौतारीका जिल्ला अध्यक्ष हुन् । उनी काँकरभिट्टाबाट प्रकाशित हुँदै आएको जन–संसद् दैनिकमा सम्पादकका Read More…
संघ \संस्था
लायन्स क्लब मेचीनगरको प्रचारात्मक कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)
झापा, मंसिर ७ । नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार होस भन्ने उद्देश्यले शनिबार झापाको मेचीनगरमा विविध कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ मेचीनगरले नेपाल सरकारद्वारा घोषणा गरेको भ्रमण वर्ष २०२०लाई प्रचार प्रसार गर्ने र बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले र्याली, विचार सभा र रक्तदान कार्यक्रम आयोजना गरेको थियो । Read More…
हतियार बुझाउन गृहको आग्रह
काठमाडौं, मंसिर ७ । गृह मन्त्रालयले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ । मन्त्रालयले आज सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मङ्सिर १० गतेभित्र हतियार बुझाउन अनुरोध गरेको हो । सूचनामा ‘हातहतियार खरखजाना ऐन २०१९’ Read More…
एनएमसीको २७ औं बार्षिक साधारण सभा सम्पन्न
झापा, कात्तिक ३० । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को २७ औं बार्षिक साधारण सभा शनिबार धुलाबारीमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन् प्रमुख अतिथि पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले गरेका थिए । प्रमुख अतिथि नेम्बाङ्गले मुलुकको अर्थतन्त्र बलियो बनाउने आधारका रुपमा सहकारी पनि एक भएको भन्दै नेकपा संसदीय दलका उपनेता समेत रहेका उनले सहकारीको सिद्धान्त, Read More…
चुलाचुली गापा वडा नम्बर १ र ३ वडा कार्यालयको नयाँ भवन बन्ने
ईलाम, कात्तिक ३० । चुलाचुली गाँउपालिका वार्ड नम्बर १ र ३ वडा कार्यालय अब आफ्नै नयाँ भवनमा सञ्चालन हुने भएको छ । कार्यक्रमका प्रमुख अतिथि चुलाचुली गाँउपालिका प्रमुख प्रदिप चन्द्र राईले भिन्ना भिन्नै कार्यक्रमका बिच शुक्रबार दुवै वडाको नयाँ भवनको शिलन्यास गरेका छन् । शिलन्यास कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्याक्ष निर्मला दहाल, चुलाचुली गाँउपालिका वडा नम्बर Read More…
मेची उद्योग वाणिज्य संघको तेस्रो अन्तर्राष्ट्रिय औधोगिक ब्यापार मेला पुषमा
झापा, कात्तिक २७ । मेची उद्योग वाणिज्य संघ झापाले आगामी पौषमा ९ दिवसीय तेस्रो अन्तर्राष्ट्रिय औधोगिक ब्यापार मेला आयोजना गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी यही पुष ९ गतेदेखि १७ गतेसम्म धुलाबारीमा तेस्रो अन्तर्राष्ट्रिय औधोगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना गर्ने तयारी गरेको हो । संघले आज आफ्नै कार्यकक्षमा Read More…
सोलारबत्ति जडान भएसंगै स्थानिय उत्साहित
झापा, कात्तिक २६ । सानो केर्खा स्थित दुर्गा पञ्चायन मन्दिर देखि नेपाल आर्मीको २१ नं वाहिनी अड्डासम्मको सडक खण्डमा सोलारबत्ति जडान गरिएको छ । सोलारबत्ति जडान गरिएसंगै स्थानियवासी उत्साहित भएका छन् । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र काठमाडौ र कमल गाउँपालिकाको सहकार्यमा उक्त स्थानमा सोलरबत्ति जडान गरिएको हो । नागरिकलाई रातको समयमा पनि सडकमा आवत जावत Read More…
भारतीय प्रम मोदीको नागरिकले गरे काँकरभिट्टामा पुत्ला दहन
झापा, कात्तिक २५ । कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा मेचीनगरका अगुवा नागरिकहरुले काँकरभिट्टमा सोमवार प्रदर्शन गरेका छन् । नागरिक समाज काँकरभिट्टाको आयोजनामा भएको बिरोध ¥यालीमा स्थानिय नागरिक अगुवा, बिभिन्न दलका प्रतिनिधि, पत्रकार, र सर्वसाधरणहरुको बाक्लो उपस्थिति रहेको थियो । जुलुशको अगुवाई स्थानिय नागरिक अगुवा नेता डिल्लीराम घिमिरे, नेत्र कार्की , भुपाल Read More…
मेचीनगर लायन्सले गर्यो केन्द्रीय टोलीलाई विदाई
झापा, कात्तिक २४ । लायन्स क्लब अफ मेचीनगरले भारतको सिलिगुडी प्रस्थान गरेका क्लबका नेपालस्थित केन्द्रीय पदाधिकारी तथा प्रतिनिधिलाई काँकरभिट्टाबाट स्वागतसहित विदाई गरेको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५–ए वान, एमडी ३२५, नेपाल एल।वाई २०१९–२०२० को दोस्रो क्याबिनेट बैठकमा भाग लिने टोलीका ३ सयजनालाई विदाई गरिएको हो । क्लबका चार्टर प्रेसिडेन्ट शंकर थापाको अध्यक्षतामा भएको Read More…
देउसीको रकमले विपन्नलाई शैक्षिक सामाग्री
झापा, कात्तिक २३ । रोट्रयाक क्लब अफ विर्तामोडले देउसीबाट संकलित रकमले विर्तामोड १० स्थित चमरधाप प्राथमिक विद्यालयका ५० जना विधार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ । कार्यक्रमकी प्रमुख अतिथि रोटरी क्लब अफ विर्तामोडकी अध्यक्ष निकिता गिरीले शैक्षिक सामाग्रीहरू निशुल्क पाएपछि यसले पढाईमा प्रोत्साहन मिल्ने,विपन्न परिवारका विधार्थीहरूलाई अलिकति भएपनि सहयोग पुग्ने र आगामी दिनमा पनि यसै Read More…










