समाचार

काठमाडौं महानगरले यात्रुको चाप हुने क्षेत्रमा पिक एण्ड ड्रप विस्तार गर्दै

काठमाडौं/ काठमाडौंका बढी जाम हुने तथा यात्रुको चाप हुने क्षेत्रमा सवारी अस्तव्यस्ततालाई व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ‘पिक एण्ड ड्रप अभियान’लाई विस्तार गरिने भएको छ ।

पहिलो चरणमा उपत्यकाका व्यस्त सडकहरु भृकुटीमण्डप, भद्रकाली, शहीदगेट, सुन्धारा, एनएसी, रत्नपार्क लगायत केही क्षेत्रमा ‘पिक एण्ड ड्रप’ अभियान सञ्चालन गरिएको हो भने अब महानगरपालिकाले अन्य क्षेत्रमा पनि चाँडै लागू गर्ने जनाएको छ । तर, पिक एण्ड ड्रप अभियानले झन सास्ती भएको यात्रुको गुनासो छ ।

केहीदिन अघि पुरानो बसपार्क्स्थित थानकोटबाट आएको माइक्रोबसमा विवाद भइरहेको थियो । सहचालक यात्रुलाई सम्झाउँदै थिए, यात्रु चर्को आवाजमा कराइरहेका थिए । त्यही समयमा एक महिला यात्रुले भनिन्, ‘सुन्धारामै रोकिदिनुस् भनेको किन यहाँ ल्याइपुर्याएको ?

माइक्रोबसभित्र अन्य यात्रुले पनि उस्तै गनगन गर्दै थिए । चालक र सहचालक भने उनीहरुलाई सम्झाउँदै भन्दै थिए– ‘पिक एण्ड ड्रप लागू भएको छ, रोक्न मिल्दैन ।’ पिक एण्ड ड्रप अभियानले केहीहदसम्म यातायात व्यवस्थापनमा सहज बनेको होला, त्यसलाई नकार्न नमिल्ला । तर पिक एण्ड ड्रप अभियान कस्को सहजताका लागि ? यात्रुका लागि हो भने यात्रुकै गनगन किन ? उपयुक्त उत्तर भेटिंदैन ।

Leave a Reply

Your email address will not be published.