खेलकुद

जुडो खेलकोे प्रदेशस्तरीय छनोट सम्पन्न (फोटो फिचर सहित)

युवराज आचार्य

झापा / एक नम्बर प्रदेशस्तरीय जुडो प्रतियोगिता बिहिबार मेची रङ्गशालाको कभर्डहलमा सम्पन्न भएको छ ।


पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समिति झापाको सह आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
मेची रङ्गशालाको कभर्डहलमा आयोजना भएको दुई दिने उक्त प्रतियोगिताको समापन प्रदेशसभा सदस्य माननिय बसन्त बानियाले गरेका हुन्् ।

कार्यक्रममा प्रमुख अतिथि माननिय बसन्त बानिया, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शङ्कर थापालगायते शुभकामना दिए ।

सो कार्यक्रममा जुडो संघका जिल्ला अध्यक्ष प्रा.डा पृथ्वी बिक्रम राई, जुडो फाउण्डर तथा बरिष्ट उपाध्यक्ष खड्क बहादुर दहाल, सचिव हेमराज भण्डारी, जुडो खेलको प्रमुख प्रशिक्षक वीरेन्द्र रञ्जीत, प्रशिक्षण प्रमुख टार्जन सुब्बा, विभिन्न सामाजिक तथा सङ्घ संस्थाका प्रतिनिधि, पत्रकार, विभिन्न खेल विधाका पदाधिकारी, प्रशिक्षक तथा खेलाडीको उपस्थिति थियो ।

झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन कार्यालय प्रमुख टहलदास मैनालीले गरे ।

आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि सुरु प्रतियोगितामा १.न. प्रदेश अन्तरगतका ५ वटा जिल्लाबाट ३६ जना खेलाडीले सहभागि जनाएका जुडोका प्रशिक्षक गंगा बहादुर खड्काले बताए ।

Leave a Reply

Your email address will not be published.