
सुनसरी, चैत ११ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा ४ घरसहित १२ लाख रुपैयाँ बराबरको सामग्री जलेर नष्ट भएको छ ।
आगलागीमा ४ वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको घर जलेर नष्ट भएको थियो । साथै घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करीब १२ लाख रुपैयाँ बराबरको क्षति भएको सुनसरीका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आगलागीमा स्थानीय बुधनारायण शर्माको एउटा बाच्छीसमेत जलेर मृत्यु भएको थियो । स्थानीय रामप्रसाद शर्माको घरमा गाईलाई खोले पकाउने क्रममा आगलागी भएको थियो । आगो स्थानीयवासी, प्रहरी र इनरुवा नरगपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको सुनसरीका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

