
झापा, चैत २२ । कतारमा रहेका नेपाली युवाहरुले ईश्वरको परिवारलाई उपचारका लागि सहयोग गरेका छने । कतारबाट दोर्ण बहादुर घर्तीमगर, गोपाल कुञ्जु र नविन बराईलीको टिमले मेचीनगर ८ का आन्द्रमा समस्या भई पिडीत तिन महिने नानी युगल राईको उपचारका लागि तिस हजार आर्थिक सहयोग गरेका छन् ।
सामान्य आर्थिक अवस्था भएका मेचीनगर ८ का ईश्वर राईको तिन महिने छोरा आन्द्रको अल्सर बाट पिडीत छन् । छोरालाई पूर्वाञ्चलका विभिन्न अस्पातामा उपचार गराएका थिए । तर बिरामी निको हुन नसके पछी उपचारका लागि एक महिना देखि काठमाण्डौंको कान्ती बाल अस्पातालमा उपचार गराईरहेको छन् । त्यसै गरेर ईश्वरको श्रीमती पनि मुटुको समस्याबाट पिडीत भइ सोही अस्पातालमा उपचारका लागि आईसियुमा भर्ना भएकी छिन् ।
राईकी श्रीमती र तिन महिने छोरा जिवनमरनको दोसाधमा अस्पातालमा उपचार गराई रहेका छन् । आर्थिक अवस्था कमजोर भएका ईश्वरलाई उपचार खर्च जुटाउन समस्या भई रहेको छ । ईश्वरले सहयोगि मनहरुलाई आफ्नो परिवारको उपचारका लागि सहयोग गरि दिन आग्रह गरेका छन् । साथै कतारबाट सहयोग गर्ने नेपाली युवाहरुलाई धन्यवाद दिएका छन् ।

