
काठमाण्डौं, चैत २२ । सशस्त्र प्रहरी बलमा भर्ना खुलेको छ । शुक्रबार सार्वजनिक गरिएको सूचनाअनुसार सशस्त्र प्रहरी बलको प्राविधिक समूहका विभिन्न पदमा भर्ना खुलेको हो । प्राविधिक समूहका विभिन्न ४ पदमा भर्ना खुलेको सशस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले जनाएको छ ।

सशस्त्र प्रहरी बलको प्राविधिक समूहका विभिन्न पदमा आवेदन दिन ईच्छुकले चैत २४ देखि बैशाख २३ गते सम्म आवेदन दिन सक्नेछन् ।

