खेलकुद

एन्फाले गर्‍यो २३ प्रशिक्षकको चयन, झापाका को को परे ?

काठमाण्डौं, जेष्ठ २९ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न उमेर समूह सहित प्रदेश प्रशिक्षकका लागि जिम्मेवारी तोकेको छ ।
एन्फाले महिला र पुरुषको यु–१५, यु–१८ र यु–२३ का लागि प्रमुख प्रशिक्षक, सहायक प्रशिक्षक र गोलकिपर प्रशिक्षक तोकेको ।
यस्तै बुटवल र धरान एकेडेमीका लागि जिम्मेवारी तोकिएको छ। एन्फाले प्रदेशका लागि प्रशिक्षक तोकेको छ ।

पूर्व फुटबलर झापाका हरि खडकाले नेपाली महिला फुटबलको प्रशिक्षक सम्हालिरहँदा झापाकी अस्मिता खवासले गोलरक्षकको प्रशिक्षकको भूमिका निर्वाह गरिरहेकी छिन् । अब प्रशिक्षक हरि खड्का र अस्मिता खवास संगै झापाका मिन बस्नेतले पनि यु–१५ (महिला) टिमको गोलरक्षकको प्रशिक्षकको भूमिका निर्वाह गर्ने भएका छन् ।

यु–१६ (पुरुष)
प्रमुख प्रशिक्षक : सुनील श्रेष्ठ
सहायक प्रशिक्षक : राज कुमार केसी
गोलकिपर प्रशिक्षक : विनोद डंगोल

यु–१८ (पुरुष)
प्रमुख प्रशिक्षक : चेतनारायण श्रेष्ठ
सहायक प्रशिक्षक : सनोज श्रेष्ठ
गोलकिपर प्रशिक्षक : चनुराम चौधरी

यु–१५ (महिला)
प्रमुख प्रशिक्षक : राकेश श्रेष्ठ
सहायक प्रशिक्षक : भगवती थापा
गोलकिपर प्रशिक्षक : मीन बस्नेत

दक्षिण एसियाली खेलकुद – यु२३ (महिला)
प्रमुख प्रशिक्षक : हरि खड्का
सहायक प्रशिक्षक : अरुणा गुरुङ
गोलकिपर प्रशिक्षक : अस्मिता खवास

दक्षिण एसियाली खेलकुद– यु२३ (पुरुष)
प्रमुख प्रशिक्षक : बालगोपाल महर्जन
सहायक प्रशिक्षक : राजेश मानन्धर
गोलकिपर प्रशिक्षक : मृग्रेन्द्र मिश्र

बुटवल एकेडेमी
प्रमुख प्रशिक्षक : हरिॐ श्रेष्ठ
सहायक प्रशिक्षक : पुकार गहतराज
गोलकिपर प्रशिक्षक : दिलीप क्षेत्री

धरान एकेडेमी
प्रमुख प्रशिक्षक : सुमन श्रेष्ठ

प्रदेश १ : सुमन श्रेष्ठ
प्रदेश २ : प्रकास अर्याल
प्रदेश ३ : विनोद लामा
प्रदेश ४ : किरण श्रेष्ठ
प्रदेश ५ : जनक केसी
प्रदेश ६ र ७ : दिपेश योन्जन

प्रहरखबर बाट

Leave a Reply

Your email address will not be published.