
पोखरा, जेष्ठ २९ । पोखरा स्थित उत्तमचोकमा गोली चलेको छ । लागू औषध कारोबारीलाई नियन्त्रण गर्ने क्रममा कारोबारी र प्रहरीबीच होली हानाहान भएको हो ।
पोखरा उत्तमचोकस्थित एक रेष्टुरेन्टमा चेकजाँचका क्रममा प्रहरी पुगेपछि प्रहरीमाथी लागुऔषध कारोबारी जाईलागेपछि प्रहरीले प्रतिरक्षार्थ जवाफी फायर गरेको हो ।
प्रहरीको गोली लागि लागु औषध कारोबारी ३० वर्षीय गोविन्द थापाको खुट्टामा गोली लागेको छ । घाइतेको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारार्थ लगिएको प्रहरीले जनाएको छ ।
घाइते थापाको साथबाट डाईजोपाम, नुर्फिन, र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।
लागूऔषध लिएर हिँडेको विषेश सूचनाको आधारमा थापालाई पछ्याउँदै गएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
सो घटनामा एकजना प्रहरीसमेत घाइते भएको प्रहरीले बताएको छ ।

