काठमाण्डौं, असोज ९ । यसपालीको दशैं र तिहारमा सरकारले मासु र मासुजन्य वस्तुको अभाव नहुने दाबी गरेको छ । पछिल्लो समय स्वदेशी खसीबोकाले आन्तरिक माग धान्न सकिने दाबी कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । त्यसैले पनि यसपालीको दशै तिहारमा स्वदेशी उत्पादनले धान्ने सरकारको दाबी छ ।
मन्त्रालयका अनुसार हाल उपत्यका तथा मुख्य सहरमा खसीबोकाको औसत माग संख्या प्रतिदिन १ हजार ८ सय ४० रहेकोमा २ हजार ३० वटा नेपाली बजारबाटै आपूर्ति भइरहेको छ।
दशैंको ७ दिन र अन्य चाडपर्वको मुख्य दिनसहित १० दिन काठमाडौं उपत्यकासहित मुख्य सहरको औसत माग ५ हजार पुग्ने अनुमान गरिएको छ । यसअनुसार खसीको माग संख्या ५० हजार हुन आउने देखिन्छ । सो माग खसी, बोका र च्यांग्राबाट पूर्ति गरिने सरकारले जनाएको छ ।

