समाचार

बसको ठक्करबाट एकको मृत्यु

घोराही, असोज ११ । दाङको घोराहीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार (आज) साँझ ५ बजे घोराही बसपार्कबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २१०६ नम्बरको बसले रा १ प ४१७९ नम्बरको मोटसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही–१५ निवासी १७ वर्षीय प्रदीप जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मोटरसाइकलमा सवार सोही ठाउँ निवासी १६ वर्षीय सन्तोष चौधरी भने गम्भीर घाइते भएको र उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले बताए।

Leave a Reply

Your email address will not be published.