समाचार

इलाममा मोटरसाइकल दुर्घटना; प्रहरी सहायक निरिक्षकको मृत्यु, जवान घाईते

नरेन इलामेली
इलाम, असोज ११ ।
ईलाम जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरिक्षकको मृत्यु भएको छ । इलाम नगरपालिका ५ छाँगा खोलामा शनिबार मोटरसाइकल दुर्घटना हँदा प्रहरी सहायक निरिक्षक रवि मगरको मृत्यु भएको हो । साथै प्रहरी जवान रामसेवक मोची घाइते भएका छन् ।

मृत्यु हुनेमा सुनसरीको इटहरी नगरपालिका–६ स्थायी घर भई हाल इलामकोे अस्थायी प्रहरी पोष्ट बिबल्याँटेमा कार्यारत ४७ बर्षिय प्रहरी सहायक निरिक्षक मगरको मृत्यु भएको प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारीले जानकारी दिए ।

त्यसै गरेर घाइते हुनेमा सिराहा जिल्लाको पिडरवनी घर भई अस्थायी प्रहरी पोष्ट बिबल्याँटेमा कार्यारत प्रहरी जवान रामसेवक मोची रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलाम नगरपालिका–२ सुम्बेकमा झैझगडा तथा कुटपिटको खबर पाएपछि को १ व २२८८ नम्बरको मोटरसाइकलमा सो स्थान तर्फ जाँदै गर्दा छाँगा खोला स्थित बाटोमा मोटरसाइकल चिप्लिएर ५०/६० मिटर तल खोल्सामा खसेको थियो । सो घटनाको खबर पाउने साथ जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्री सहितको टोली उद्धारका लागि पुगेको थियो ।

उद्धार पश्चात उपचारका लागि जिल्ला अस्पताल इलाम ल्याइएकोमा प्रहरी साहयक निरिक्षक मगरको मृत्यु भएको र प्रहरी जवान मोचीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । मोचीको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.