खेलकुद

उपाधिका लागि भारत र बङ्गलादेश भिड्ने

काठमाण्डौं, असोज ११ । भारत नेपालमा जारी तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै भारत अन्तिम दुईमा पुगेको हो । अब भारतले उपाधिको लागि आईतबार बङ्गलादेशसंग प्रतिष्पर्धा गर्ने छ ।

हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा शुक्रबार भएको दोस्रो सेमीफाईनल खेलमा भारतलाई जित दिलाउन नरेन्द्रर गहलट, मानबिर सिंह र मीतेइ निन्थोइङबाले एक एक गोल गरे । भारतले एक गोल आत्मघाती उपहार पाएको थियो । माल्दिभ्सका अह्नाफ राशिदले आत्मघाती गोल गरे ।

शुक्रबार नै भएको पहिलो सेमीफाईनल खेलमा बंगलादेशले पनि भुटानलाई ४–० गोललेनै हराउँदै फाइनलमा स्थान बनाएको थियो । बंगलादेशलाई जित दिलाउन तानबिर हुसेन, फोसल अहमेद फाहिम, मिराज हुसेन र दिपक रोयले एक–एक गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published.