कला

सताक्षीधाममा १०८ कुण्डीय कोटिहवन सुरु

झापा, कात्तिक २७ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा १०८ कुण्डीय कोटिहवनको आज उद्घाटन गरिएको छ । प्रदेश नं. १का मुख्य मन्त्री शेरधन राईले पानसमा बत्ती बालेर कोटिहवनको उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा मुख्य मन्त्री राई सभ्य समाज निर्माण गर्न, शुशासन लागि यस धार्मिक महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । मानव जातिको सु स्वास्थ्य, शान्ति र दीर्घायूका लागि नेपालको एकमात्र सताक्षीधाममा लगाउन सुरु गरिएको यस महान कार्यबाट सवैले लाभ लिनु आह्वान समेत गरे ।

जिल्ला समन्वय समिति संयोजक तथा मुल आयोजक समितिका संयोजक सोम पोर्तेल, शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा, गोवद्र्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वज लगायतले बोलेका थिए ।

निम्बार्क भुषण श्रेद्धेह सन्त स्वामी श्री भागवत शरण देवचार्यजी महाराज र अनन्त श्रीदिभूषित श्री हिरप्रसाद शास्बिजी महाराजको मुखारविन्दबाट श्रीमद् भागत कथा प्रवचन हुने आयोजकले जनाएको छ । विहीबारबाट १०८ कुण्डीय हवन सुरु हुने समेत आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न जात जातिका संस्कृतिक झल्काउने नृत्यहरु प्रर्दशन गरिएको थियो । हजारौ संख्याका भक्तजनहरु कलश यात्रामा सहभागी भएका थिए ।

कार्यक्रममा संघीय संसाद एलपी साँवा लिम्बु, प्रदेश संसाद झलसिं दर्लामी, शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल, ऐलानी जग्गा दर्ताका झापा अध्यक्ष राधाकृष्ण खनाललगायत विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

विभिन्नदेशहरुबाट हिन्दु धर्मालम्बी भक्तजनहरु आउने थालेका मूल आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.