समाचार

नामकरण भएको खुशीयालीमा कोशी प्रदेशमा आज सार्वजनिक बिदा

विराटनगर । कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ।

प्रदेशसभाको बुधबारको बैठकले प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरेको उपलक्ष्यमा बिहीबार सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्ले निर्णय गरेको प्रदेशका सचिव उमेश बस्नेतले बताए।

बुधबार नै प्रदेश सभाले दुई तिहाई बहुमतका साथ नाम टुंगो लगाएको थियो।