विश्व

जापानमा महिलाहरूलाई चस्मा लगाउन “प्रतिबन्ध” !

काठमाडौं, मंसिर ०३ । जापानमा महिलाहरूलाई काम जाँदा चस्मा लगाउन “प्रतिबन्ध” लगाइएको छ । कम्पनीहरूले विभिन्न कारण देखाउँदै महिलाहरूलाई चस्मा लगाउन “प्रतिबन्ध” लगाएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले बताएका छन्।

विमान कम्पनीले सुरक्षाको कारण देखाउँदै कार्य क्षेत्रमा सौन्दर्य सामग्री प्रयोग गरेको प्रष्ट देख्न नसकिने भन्दै प्रतिबन्ध लागेको बताइएको छ । तर, अहिले यो विषयले सामाजिक सञ्जालमा चर्को विवाद भएको छ । चश्मामा प्रतिबन्ध अर्थात #glassesareforbidden भन्ने ह्याशट्याग सामाजिक सञ्जालमा चलेको छ।

क्योयो विश्वविद्यालयको प्राध्यापक कुमिको नेमोटोले जापानमा पुराना भइसकेका नीतिहरूमाथि प्रतिक्रिया व्यक्त भइरहेको जनाइएको बिबिसीले जनाएको छ। प्राध्यापक नेमोटोका अनुसार “महिलाहरूले किन चस्मा लगाउन हुँदैन भन्ने कुराले कुनै अर्थ राख्दैन। यो सबै लिङ्गसँग सम्बन्धित छ र यो भेदभावपूर्ण छ।” नेमोटोले भनिन्, “रिपोर्टहरूले जापानको पुरानो र परम्परागत सोचाइ प्रतिविम्बित गरेको छ।”

“यसले महिलाहरूले कसरी काम गर्छन् भन्नेमा होइन कि महिला कस्ता देखिन्छन् भन्नेमा ध्यान दिने गरेको देखायो।” केहि समय अगाडी जापानमा कार्यस्थलमा अग्ला जु्ताको विषयमा बहस भएको थियो।

Leave a Reply

Your email address will not be published.