काठमाडौं, पुष २४ । यस वर्षको श्री स्वस्थानि व्रत पुष २५ गते शुक्रबार (भोली) बाट सुरु हुदै छ । यो व्रत पौष शुक्ल पक्ष देखि माघ शुक्ल पक्षसम्म एक महिना सम्म लिने पवित्र व्रत हो ।
हिमालयकी पुत्री पार्वतीले महादेव स्वमी पाउ भनी वाग्मतीको किनारमा बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको व्रत बसेर मनोकाङ्क्षा पूरा भएपछि उहाकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीमा बसोवास गर्ने हरुको सुख, शान्ति एैश्वय प्राप्त होस कसैले दुख कष्ट भोग्न नपरोस भनेर प्रारम्भ भएकमे विभिन्न पुराण हरुमा उल्लेख गरिएको छ ।
स्वस्थानीको व्रतको सुरुवात भगवान् विष्णुको सल्लाहमा पहिलो पटक पार्वतीले गर्नु भएको हो । महादेवकि पत्नी सतीदेवीले आफ्ना बाबुले गरेको यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालयर मेनकाकी छोरी पार्वतीका रुपमा उनको जन्म भएको हो । आसल सन्तान र सुख सम्पत्तिको तथा मनले चाहेअनुसार बिबाहको कामना सहित गरिने व्रत हो । बिधि पुर्वक बिहान र बेलुका स्वस्थानीको कथा पारायण गर्नु पर्ने छ ।
स्वस्थानी व्रतकथाभित्र आउने लगभग सबै तीर्थहरु नेपालमै छन र विशेषगरी काठमाडौंभित्र रहेका छन । कथाका विभिन्न प्रसङ्गमा आएका गुह्येव्वरी, गोकर्ण, श्लेष्मान्तक वन, किरातेश्वर, गौरीघाट, वाग्मती तथा शालीनदी जस्ता क्षेत्रको विशेष वर्णन गरिएको छ । स्वस्थानीमा वर्णन गरिएको लावण्य देश अर्थात शालीनदीमा एक महिना सम्म मेला गाग्ने गरेको छ । मुलुक भर शिवको मन्दिरमा पुजा तथा स्वस्थानीको पाठ सुन्ने प्रचलन रहिआएको छ ।

