काठमाडौं, पुष २५ । जन्मदर्ता प्रमाण पत्र बनाउन घुस लिने सप्तरी जिल्ला महादेवा गाउँपालिका–६ का वडासचिव नवोनाथ मिश्र विरुद्ध मुद्दा दायर भएको छ ।
इटहरीबाट खटेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बा पदमा कार्यरत नवोनाथलाई गत मंसिर २४ मा नियन्त्रणमा लिएको थियो । उनले जन्मदर्ता बनाउँदा २ लाख घुस लिएका थिए ।
आयोगले उनी विरुद्ध एक देखि पाँच लाखसम्म जरिवाना र डेढ देखि साढे दुई वर्षसम्म कैद माग गरेको छ ।

