समाचार

सांसद दीपक मनाङे पक्राउ

काठमाडौं, माघ ९ । गण्डकी प्रदेश सभाका सदस्य दीपक मनाङे भनिने राजिव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार उनलाई पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले मनाङे विरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरेका थिए ।

मिलनको उजुरीपछि जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

Leave a Reply

Your email address will not be published.