विश्व

गर्लफ्रेन्डको भिडियो बनाएर पोर्नसाइटमा, घरमै आउन थाले पुरुष

काठमाडौं, फागुन १२ । इंग्ल्याण्डमा एक तीन वर्षीया बच्चाको आमाको नग्न तस्बिर र भिडियो पोर्नसाइटहरुमा देखिएपछि समस्या भएको छ ।

महिलाले आफ्नो पार्टनरसँग सम्बन्ध बनाएको र नग्न तस्बिरहरु झुक्याएर खिचि पोर्नसाइटमा राखिदिएपछि अहिले उनको घरमा मानिसहरु आउन थालेका छन् । दुई वर्षसम्म ब्याइफ्रेन्ड रहेका एक युवकले उनको ठेगाना साइटमा राखिदिएपछि युवतीको घरबाहिर मानिसको भीड लाग्न थालेको छ ।

४० वर्षीया महिलाले एक स्थानीय सञ्चारममाध्यमलाई दिएको अन्तर्वार्तामा केही घण्टामा १२ पुरुषहरले घरको ढोका ढकढकाएको बताइन् । निकै डराएकी उनले १३औँ पुरुषलाई घरमा आउनुको कारणबारे सोधिन् । त्यतिबेला मात्र महिलाले आफ्नो घरको ढोका ढकढकाउनुको कारणबारे थाहा पाइन् ।

उनको फेसबुकमा पनि एकदमै धेरै म्यासेजहरु आउन थालेको बताइन् । उनीहरुले युवतीको नग्न तस्बिर मागिरहेका छन् । आफू गर्भवती भएको समयमा आफ्नो पार्टनरले सिक्रेट क्यामेराबाछ त्यस्ता किसिमका भिडियो बनाएको उनको भनाइ छ ।

प्रहरीले युवकलाई पक्राउ गरेको छ । इंग्ल्याण्डको वोल्वरह्याम्पटनमा रहेको एक अदालतले उनको ब्वाइफ्रेन्डलाई दोषी ठहर गर्दैै दुई वर्षको जेल सजाय सुनाएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published.