खेलकुद

विदेशी टिममाथी हाबी हुँदै विमलको ह्याट्रिक, मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश

धरान, फागुन १३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा मंगलबार भारतको सन्डे एफसी कोलकोत्तालाई ६-१ गोल अन्तरले हराउँदै मछिन्द्र अन्तिम चारमा पुगेको हो ।मछिन्द्रको जितमा विमल घर्तीमगरले ह्याट्रिक गरे । यस्तै विशाल राईले दुई गोल गर्दा रेजिन सुब्बाले एक गोल गरे ।

कोलकोत्ताका सञ्जीव बौरीले एक गोल फर्काए ।पहिलो हाफमा दुई गोल गरेको मछिन्द्रले दोस्रो हाफमा चार गोल गरेको थियो । यस्तै एक गोल व्यहोरेको थियो ।प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोकृष्ट खेलाडीले होण्डा कम्पनीको डियो स्कुटर पाउनेछन् ।यस्तै सर्वाधिक गोलकर्ताले ३५ हजार र व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही २५ हजार पाउने छन् ।

Leave a Reply

Your email address will not be published.