स्वास्थ्य

प्रदेश नं १ बाट आज थप ३० जनाले कोरोनालाई जितेर घर फर्किए

विराटनगर, जेठ २२ । प्रदेश नं १ बाट ७८ जनाले कोरोना भाइरस (कोभिड—१९) लाई पराजित गरेर घर फर्किएका छन् । आज थप ३० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना गरी आज ३० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् Read More…

स्वास्थ्य

झापाका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

झापा, जेठ २२ । झापामा बिहीबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भद्रपुरका तीन जनामा र कचनकवलका दुई जनामा कोरोना पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १२४ पुगेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा भद्रपुरका ३ जनामा र  कोसी अस्पताल विराटनगरमा कचनकवलका दुई जनामा Read More…

स्वास्थ्य

कोविट–१९ संक्रमणबाट नेपालमा दशौँ व्यक्तिको मृत्यु

काठमाडौं, जेठ २२। विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण नेपालमा दशौँ व्यक्तिको मृत्यु भएको छ । बिहिवार कोरोना भाइरसको कारण थप १ जनाको मृत्यु भए संगै यो संख्या पुगेको हो । मृत्यु हुनेमा पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरुष रहेको खुलेको छ । उनी ५ दिन अघि मात्र भारतबाट नेपाल आएका Read More…

स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुग्यो, आजै थपिए ३३४

काठमाडौं, जेठ २२ । नेपालमा आज एकैपटक ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा आज एकैपटक ३३४ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । उनका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ Read More…

शिक्षा

एसइईबारे एक साताभित्र निर्णय गरिने

काठमाडौँ, जेठ २२ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिनुभएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको भर्चुअल संवादमा उहाँले ती परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आगामी साताभित्र निचोडमा Read More…

अर्थ

तस्करको अनेक जुक्ती: मोटरसाइकलको ट्याङ्कीमा लुकाएर २२ लाख तस्करी

पर्सा, जेठ २२ । सशस्त्र प्रहरी बलको पर्सास्थित बन्जरामा रहेको बोर्डर आउट पोस्ट (बीओपी) ले २२ लाख ४८ हजार सहित एक जनालाई पक्राउ गरेको छ। पर्साको बहुदरमाई नगरपालिका ५ भमराटार घर भएका प्रकाश साहबाट सो रकम बरामद भएको बीओपीका निरीक्षक हरि पराजुलीले जानकारी दिए। उनका अनुसार, साह चढेको ना ४३ प २८०२ नम्बरको मोटरसाइकल जाँच Read More…

स्वास्थ्य

क्वारेन्टाइनमा बसेका युवकको मोबाइल खोस्ने वडाध्यक्ष क्वारेन्टाइनमा

खोटाङ, जेठ २२ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टाइनमा राखेका छन् । वडाध्यक्ष पुरी गए राति मादक पदार्थ सेवन गरेर क्वारेन्टाइनमा बसेकाहरुसँग सम्पर्कमा गएको फेला पारेपछि स्थानीय बासिन्दाले बुधवारदेखि क्वारेन्टाइनमा राखेका हुन् । मङ्गलवार दिउँसैदेखि मादक पदार्थ सेवन गरेका वडाध्यक्ष पुरीले झापाबाट आएर वडा कार्यालयले बनाएको क्वारेन्टाइनमा बसेका एक युवकको Read More…

खेलकुद

मैत्रीपूर्ण खेलका लागि अनुमति

काठमाडौं, जेठ २२ । इंग्लिस प्रिमियर लिगले क्लबहरूलाई मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको छ । कोरोना भाईरसको महामारीको कारण स्थगित लिग सुचारु हुनअघि क्लबहरूलाई मैत्रीपूर्ण खेल खेल्न अनुमति दिइएको हो । जुन १७ बाट सुचारु हुन लागेको लिगअघि क्लबहरूले आफ्नो मैदान वा प्रशिक्षण मैदानमा अन्य क्लबसँग मैत्रीपूर्ण खेल खेल्न पाउने छन् । यस सिजन २० Read More…

स्वास्थ्य

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २२ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । बिहिबार बिहान थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको हो । सामाजिक विकास मन्त्रालयल, स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ति अनुसार बाग्लुङ, स्याङ्जा, म्याग्दी र पर्वतमा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको Read More…