स्वास्थ्य

कोविट–१९ संक्रमणबाट नेपालमा दशौँ व्यक्तिको मृत्यु

काठमाडौं, जेठ २२। विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण नेपालमा दशौँ व्यक्तिको मृत्यु भएको छ ।

बिहिवार कोरोना भाइरसको कारण थप १ जनाको मृत्यु भए संगै यो संख्या पुगेको हो । मृत्यु हुनेमा पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरुष रहेको खुलेको छ । उनी ५ दिन अघि मात्र भारतबाट नेपाल आएका थिए । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा ३ दिन अघि मृत्यु भएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई तानसेनस्थित अस्पतालमा भर्ना गरिएको थियो । मृत्युपछि उनको स्वाब भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

Leave a Reply

Your email address will not be published.