काठमाडौँ, असार २ । नेपालमा थप ३८० जना कोरोना भाइरस कोभिड–१९ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसारयस्तै कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७६ जनाको पोजेटिभ आएको छ ।
उनीहरुमध्ये अछामका १ जना पुरुष, वैतडीका १ जना महिला र २० जना पुरुष, डोटीका १ जना महिला र १९ जना पुरुष, कञ्च्नपुरका ११ जना पुरुष, कैलालीका ४ जना महिला र १९ जना पुरुष रहेका छन् ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा ५५ जनाको पोजेटिभ आएको छ । जसमध्ये रौतहटका ५ जना र ३३ जना पुरुष, महोत्तरीका १ जना महिला र १६ जना पुरुष रहेका छन् । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला झापामा गरिएको परीक्षणमा झापाका १ जना पुरुष र पाँचथरकी १ जना महिला गरी २ जना, सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरीका २ र सिरहाका २ जना पुरुषमा कोरोना पाइएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा २२ जनाको पोजेटिभ आएको छ । उनीहरु गोरखाका १ जना महिला र ९ जना पुरुष, नवलपरासी पूर्वका २ जना पुरुष, बागलुङका १ जना पुरुष, तनहुँका २ जना पुरुष, कास्कीका ३ जना पुरुष र स्याङ्ग्जाका ४ जना पुरुष रहेका छन् ।
यस्तै पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १ जना पुरुष र बर्दियाका ९ जना पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ । गजेन्द्र नारायणसिंह राजविराज प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका ३ जना पुरुष, चितवनको भरतपुर अस्पतालमा नवलपरासी पूर्वका १ जना पुरुषमा पनि कोरोना पाइएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका १ जना महिला र २ जना पुरुष र रुपन्देहीका १ जना पुरुष गरी जम्मा ४ जनामा पोजेटिभ देखिएको छ । प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा दैलेखका ५ जना पुरुष र सुर्खेतका १ जना महिला र ३ जना पुरुष गरी जम्मा ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको छ । जसमध्ये १९ जनाको मृत्यु भएको छ भने ११५८ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

