विविध

श्रीमानद्वारा श्रीमतीको हत्या

काठमाडौं, असार ११ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले टोखाबाट एक जनालाई पक्राउ गरेको छ । आफ्नै ४० वर्षीया श्रीमती सलिना बानियाँ खड्काको हत्या गरेको अभियोगमा टोखा नगरपालिका–३ बानियाटार हाईट बस्ने ४३ वर्षीय कृष्ण हरि बानियाँलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार कृष्णले धारिलो हतियार चक्कु प्रहार गरी सलिनाको हत्या गरेका थिए । Read More…

समाचार

चट्याङ लागेर चार जनाको मृत्यु

काठमाडौं, असार ११ । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीमा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीले सप्तकोशी नदीमा आज बिहान नुहाउन जाँदा कोशी पुल नजिक चट्याङ लागेर महदेवा गाउँपालिका–२ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव मृत्यु भएको जानकारी दिए। यसैगरी खेतमा धान रोप्न गएको Read More…

विविध

आज दिनभर वर्षा हुने

काठमाडौं, असार ११ । देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको मौसमविद् सविना शाक्यले जानकारी दिइन । उनले Read More…

अर्थ

चिठ्ठा परेको भन्दै करोडौँ ठगी, भारतीयसहित सात जना पक्राउ

काठमाडौं, असार ११ । सामाजिक सञ्जालको प्रयोग गरी चिठ्ठा परेको भन्दै करोडौँ रकम ठगी गरेको आरोपमा प्रहरीले बुधबार सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक पनि छन् । ठगीमा नेपाल र भारतको गिरोह नै सक्रिय भएको महाशाखाको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उक्त गिरोहले भाइबर, ह्वाट्स Read More…

स्वास्थ्य

नेपालमा कोरोनाबाट थप एकको मृत्यु

काठमाडौं, असार ११ । नेपालमा थप एक जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको गए राती मृत्यु भएको हो । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा.अर्जुन आचार्यले जानकारी दिए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने Read More…

संघ \संस्था

गोदाममा बीउ हुँदा पनि किसानले पाएनन्

झापा, असार १० । झापाको बुद्धशान्ती गाँउपालिका वडा नम्बर १ वडा कार्यालयले आफ्नो गोदाममा स्टक बीउ बीजन हुँदा पनि वडाका किसानलाई वितरण नगरेको पाईएको छ । वडामा अहिले पनि करिब ६ बोरा हाइब्रेट मकैको बीउ, ३० प्याकेट प्याजको बीउ, २० प्याकेट खुर्सानीको बीउलगायत करिब २ लाख मुल्य बराबरको बीउ स्टक रहेको छ । १ नम्बर Read More…

स्वास्थ्य

नेपालमा आज थपीए ६२९ जना कोरोना संक्रमित, रेड जोनमा ५०९ जना

काठमाडौँ, असार १० । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप सङ्क्रमितमध्ये ११० जना महिला र ५१९ पुरुष रहेका छन् । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दश हजार ७२८ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । त्यसै रेड जोनमा Read More…

संघ \संस्था

मेचीनगरका जनताको माग सम्वोधन हुन्छ: नगर प्रमुख आचार्य

झापा, असार १० । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले मेचीनगरबाट सञ्चालित अनलाइनलाई समानुपातिक ढङ्गबाट लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । मेचीनगरबाट संञ्चालित अनलाईनलाई आर्थिक बर्षको बजेटमा सम्बोधन गरी लोककल्याणकारी सूचना उपलब्ध गराउन अनुरोध सहितको ज्ञापनपत्र वुझ्दै नगर प्रमुख आचार्यले सो प्रतिवद्धता जनाएका हुन् । सञ्चारकर्मीहरुले नगरबाट सञ्चालित अनलाईनहरुलाई समानुपातिक ढंगबाट लोककल्याणकारी बिज्ञापन उपलब्ध Read More…

स्वास्थ्य

मेचीनगरमा ७ बर्षिय बालक सहित १० जनामा कोरोना संक्रमण पुष्टि

झापा, असार १० । झापाको मेचीनगर नगरपालिकामा आज एकै दिन १० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण देखिएको छ । धरान स्थीत बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ७ गते पठाइएको पिसिआर परिक्षणको रिपोर्ट अनुसार आज थपिएका संक्रमितहरु मेचीनगर वडा नं.१,५, ९ १० र ११ का रहेका छन । संक्रमित हुनेमा मेचीनगर वडा नं। १० स्थीत Read More…

स्वास्थ्य

मेचीनगरका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

झापा, असार ९ । मेचीनगरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतबाट नेपाल आएका दुईसहित ३ जना महिलामा कोरोना संक्रमण फेला परेको हो । कुवेतबाट आएकी मेचीनगर– ५ की ४० वर्षीया, मेचीनगर–१ की ३६ वर्षीया र आसामबाट आएकी मेचीनगर–७ की ३३ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । आज थप ३ जनामा Read More…