खेलकुद

महिला विश्वकप फुटबल २०२३ अस्ट्रेलिया र न्यूजिल्याण्डमा आयोजना हुने

काठमाडौं, असार १३ । फिफा महिला विश्वकप २०२३ अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । फिफा काउन्सिलको बिहीबार बसेको बैठकले सन् २०२३ को महिला विश्वकप अस्ट्रेलिया र न्यूजिल्याण्डलाई आयोजनाको जिम्मा दिएको हो । न्यूजिल्याण्ड र अस्ट्रेलिया फुटबल संघहरुले संयुक्त आयोजनाका लागि फिफा सामु प्रस्ताव गरेका थिए । काउन्सिलका ३५ भोटरको निर्णयक भोटमार्फत् Read More…

राजनीति

नेकपा स्थायी कमिटी बैठक: सीमा अतिक्रमणको विषय प्राथमिकतामा

काठमाडौँ असार १३  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटीको बैठकमा सरकारले जारी गरेको नयाँ नक्सा र सीमा समस्याका बारेमा शुक्रबार नेताहरूले धारणा राख्नुभएको छ । उहाँहरूले नेपाल–भारतबीच देखिएको सीमा समस्या कूटनीतिक माध्यम प्रयोग गरी वार्ता र छलफलबाट समाधान गर्न पनि पार्टी तथा सरकारलाई सुझाव दिनुभएको छ । सो बैठकमा नेपालले वार्ता र छलफलबाट सीमा विवाद Read More…

स्वास्थ्य

मेचीनगरका एक सहित झापामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

झापा, असार १२ । मेचीनगरका एक सहित झापामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएका झापाको मेचीनगर वडा नं १ का १८ बर्षीय पुरुष रहको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए । उनका अनुसार मेचीनगरका संक्रमित केही दिन अघि भारतबाट आएर वडाको क्वारेन्टाइनमा बसेका थिए । Read More…

स्वास्थ्य

थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो

काठमाडौं, असार १२ । नेपालमा शुक्रबार थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ११ हजार ७५५जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले Read More…

स्वास्थ्य

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन हुँदै

काठमाडौँ, असार १२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए । कोभिड १९ को कारणले बन्दाबन्दीले गत वैशाख ६ र ७ Read More…

संघ \संस्था

उधमशिल महिलाहरुले पाए बाख्रा र सुँगुरको पाठा

झापा, असार १२ । सञ्जिवनी महिला कृषि सशक्तिकरण समूह कालीझोडा मेचीनगर–१२ का ४० जना उधमशिल महिलाहरुले बाख्रा र सुँगुरको पाठा पाएका छन् । उनिहरुलाई बिहिबार एक कार्यक्रमका बिच संजीवनी महिला कृषि सशक्तीकरण समुह मेचीनगरको आयोजनामा संघीय सांसद राम कार्की पार्थको पहलमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत उक्त पाठाहरु हस्तान्तरण गरिएको हो । संजीवनी महिला Read More…

संघ \संस्था

उन्नत धान उत्पादन ब्लक कमलको सार्वजनिक सुनुवाइ सम्पन्न

इलाम, असार १२ । इलाम जिल्ला अन्तर्गत चुलाचुली गाँउपालिकामा चुलाचुलि–१ कमल अवस्थित उन्नत धान उत्पादन ब्लक आयोजना ले आज सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । उन्नत धान उत्पादन ब्लक आयोजनाका संयोजक त्रीलोचन गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रम लाई समितिका सचिव सुरेन्द्र भट्टराईले सन्चालन गर्नुभएको थियो । स्वागत मन्तब्य समितिका उपाध्यक्ष सुसिला लिम्बुले गर्नुभएको थियो । Read More…

विविध

रुकुम हत्याकाण्ड बिरुद्ध झापामा सिट्ठी जुलुस (फोटोफिचर)

झापा, असार ११ । गत जेठ १० गते रुकुम पश्चिममा जातीय विभेदका कारण ६ जनाको ज्यान जाने गरी भएको नरसंहारबिरुद्ध झापाको धुलाबारीमा दिउसो सिट्ठी बजाएर प्रदर्शन गरिएको छ । बिहीबार धुलाबारी बजारमा जिल्लाका विभिन्न स्थानबाट मानिसहरु भेला भएर सुरु भएको प्रदर्शन कोण सभामा परिणत भएको थियो । दलित उत्थान समन्वय समिति मेचीनगरको आयोजनामा उक्त बिरोध Read More…

संघ \संस्था

मकै सघन बाली विकास समितिको सार्वजनिक सुनुवाई सम्पन्न

इलाम, असार ११ । इलाम जिल्ला स्थित चुलाचुली गाँउपालिकामा रहेको मकै सघन बाली विकास आयोजना समितिले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । चुलाचुली–१ कमल स्थित जनचेतना कृषी सहकारी संस्थाको कार्यलयमा सम्पन्न कार्यक्रम मा समितिले आफ्नो प्रगती विवरण प्रस्तुत गरेको थियो । मकै सघन बाली विकास आयोजाना समितिका अध्यक्ष लाल बाहदुर कार्किको अध्यक्षतामा सम्पन्न कार्यक्रम Read More…

स्वास्थ्य

थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ११ हजार १६२ पुग्यो

काठमाडौं, असार ११ । नेपालमा विहीबार थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ११ हजार १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर Read More…