कला

आखिर किन अरु भन्दा फरक बन्न चाहन्छ्न् निर्माता सेन ?

दिनेश दाहाल
काठमाडौं, साउन ११ ।
निर्माता तथा निर्देशक शन्तोस सेन यत्तिखेर प्रेम गीत ४ को तयारीमा जुटेका छन् । उनका अनुशार यत्तिखेर फिल्मको आइडियामा छलफल भैरहेको छ, निर्माता टर्न निर्देशक को भिजन अन्य निर्माता को तुलनामा छुट्टै छ उनि जे बनाउन चाहान्छ्न जस्तो बनाउन चाहन्छ्न त्यो गरेरै छोड्ने उनको स्वभाव छ।

दर्शक लाई राम्रो फिल्म दिनको लागि उनी कहिल्यै कम्प्रमाइज नगर्ने निर्माता पनि हुन । प्रेम गीत ४ को विषयमा प्रेम गीत ३ कै टिम बसेर काम अघि बडेको उनले जानकारी दिएका छन् । टिम मा मुख्य नाम अभिनेता प्रदीप खड्का निर्माता सन्तोष सेन सामाजिक अभियान्ता तथा निर्माता चक्र बहादुर चन्द साथै प्रेम गीत ३ का निर्देशक छेतन गुरुङ मिलेर काम अगाडि बढाइसकेका छन् ।

निर्माता सेन को निर्माण तथा निर्देशनमा निर्माण भएको प्रेम गीत ३ भने प्रदर्शनको लागि तयार छ, कोरोनाको कहरले प्रदर्शन रोकिएको यो फिल्म स्थिति सामान्य भए आगामी चैत्र मसान्त मा प्रदर्शन गर्ने मनसाय मा रहेको उनी बताउछन् ।

प्रेम गीत ३ को प्रदर्शन रोकिए पनि उनको भिजन भने रोकिएको छैन यस्तो महामारी चलिरहेको बेला पनि यसरी फिल्म बनाउन तयार हुनु अहिले को अवश्था मा निकै चुनौती पुर्ण विषय हो तर उनी जस्तो सुकै चुनौती पनि चिरेर सफल हुन चाहन्छन् ।

Leave a Reply

Your email address will not be published.