विचार

के लकडाउन खुलाउन उचित छ ?

बबिता थापा
पाल्पा, साउन ११ ।
क्षमाप्राथी छु, सुनेको कुरामा र समाचारमा जे देखे जे हो त्यसैमा आधारित भएर यो लेख लेख्न खोज्दै छु। मेरो हात काँपिरहेका छन् मुटुको चाल बढ्दो छ ,तर पनि म लेख्न खोज्दै छु ।

सरकारले यत्तिका समय देखि जारी राखेको बन्दाबन्दी एक्कासी खुलाउनु र कृत्रिम रुपमा परिस्थिति सामान्य बनाउनु के सही छ त ? नेपालबाट पूरै कोरोना हटेकै छैन, मृत्यु हुनेको संख्या पनि रोकिएको छैन र पनि खुल्ला के को लागि ?

जब कोरोना सङ्क्रमित थिएन त्यो बेला बन्द भयो र अहिले दिनप्रतिदिन बढ्दै छ यो बेला खुल्ला छ आखिर किन ?

सत्य घटनामा आधारित रहेर एक अनुच्छेद,
बाढीमा मानिस बेपत्ता यहि बेला, कलेजको परिक्षाको कुरा छ यहिबेला, बाढीपहिरोले घर लग्यो, कोरोना सङ्क्रमित बढेर गाउँमा कर्फ्यु छ, घरबेटीले शहरको कोठामा बस्न नदिने कुरा छ, यातायात त खुल्यो तर गाउँमा चलेको छैन , पुस्तक शहरमै छ लिन जाने उपाय छैन, एक्कासी सुन्नमा आयो एक महिनामा परिक्षा हुन्छ । पहिरोले लगेको घर उठाउनु कि आमालाई खोज्न जानु , पहिरोले अबरुद्ध बाटो उडेर नाघेर सहर छिर्नु कि, घरबेटीलाई बिन्ति बिसाउनु रुयातायात मै गएनि तीन दिन लाग्ने छ सहर पुग्न, खल्तीमा दाम छैन, पुस्तक छुन पाको छैन । अन्ततः क्वारेन्टाइन बनाएकै स्कूलमा परिक्षा लिने कुरा सुनियो यस्तो सबलाई त्रासमा पारेर बन्द खुलाउनु ठिक हो त ?

जबसम्म सास छ तबसम्म मान्छेलाई आफ्नो शरिरको नै माया बढि लाग्छ तर यहाँ त रोगसँग जित्न सक्ने जस्तो गरि औषधी भेटिए जसरि सब खुल्दै गयो त ?

सरकारले निर्णय लिँदा सबैलाई मान्य हुने गरी बनाउनु उचित होला १ यता बन्द खुल्दै गयो उता सङ्क्रमित थपिदै गयो यसरी त हिजोको शान्त नेपाल भोली महामारी ग्रस्त रहेको अमेरिका, स्पेन र इटाली जस्तो नबन्ला भन्ने अवस्था छैन।

हो धेरै बन्द हुँदा भोकमारी नलाग्ला भन्ने अवस्था छैन बुझेर भ्रष्टाचार नगरी राहत देउ, तर यो बन्द खुलाएर सबैलाई त्रासमा पारि ज्यान जोखिममा नबनाउ।

जापानमा खुलेको दिनमै नौ सय संक्रमित थपिए त्यसरी नै परिक्षण गरौँ त नेपालमा कोहि पनि स्वस्थ रहँदैनौ। त्यसैले गरिब जनता सबैको भावनालाई बुझेर काम र कर्तव्यको पालना गरौ ।
सबै जोखिम बढ्दै जाँदा बन्द खुल्दै जानु यो बिल्कुल उचित छैन सुरक्षित बनौ घरमै बसौ कोरोना हटेको छैन बन्द खुलेपनि आफ्नो सुरक्षा आफै गरौ ।

Leave a Reply

Your email address will not be published.