काठमाडौं, साउन ११ । २०१९–२० को इंग्लिस प्रिमियर लिग आजबाट सकिँदैछ । आज दस खेल हुँदै प्रिमियर लिगको यो सिजन समाप्त हुँदैछ ।
यो सिजनको प्रिमियर लिगको उपाधि लिभरपुलले जितिसकेको छ । ३० वर्षपछि ऊ लिग च्याम्पियन बनेको हो ।
आज हुने सबै खेल नेपाली समयानुसार राति ८ः४५ बजेबाट सुरु हुनेछन् । आज, लिग च्याम्पियन लिभरपुल, दोस्रो स्थानका म्यानचेस्टर सिटी, तेस्रो स्थानको म्यानचेस्टर युनाइटेड र चौथो स्थानको चेल्सी पनि प्रतिस्पर्धामा छन् ।
लिभरपुलले १३औं स्थानको न्यूकासलसँग खेल्दैछ भने म्यानचेस्टर सिटीले पुछारको टोली नर्विच सिटीसँग खेल्दैछ । यसैगरी युनाइटेडले पाँचौं स्थानको लेइस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ भने चेल्सीले छैटौैं स्थानको उल्भससँग खेल्दैछ ।
दसौं स्थानको आर्सनलले १८औं स्थानको वाटफोर्डसँग प्रतिस्पर्धा गर्दा सातौं स्थानको टोटनह्यामले १४औं स्थानको क्रिस्टल प्यालेससँग खेल्दैछ । एजेन्सी


